ईनरुवामा सम्पन्न मनमोहन स्मृती राष्ट्रिय क्रिकेटको उपाधि आर्मीलाई

ईनरुवामा सम्पन्न मनमोहन स्मृती राष्ट्रिय क्रिकेटको उपाधि आर्मीलाई

सुनसरी, ६ माघ ।
सुनसरीको इनरुवामा सम्पन्न मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ । इनरुवा खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबलाई ८३ रनले पराजित गर्दै आर्मीले उपाधीमाथि कब्जा जमाएको हो । जितका लागि २ सय ५० रनको लक्ष्य दिएको त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई १ सय ६६ रनमा अलआउट पार्दै उपाधी हात पारेको हो । बिजेता टोली त्रिभुवन आर्मीले नगद ४ लाख १ हजारसहित ट्रफी हात पारेको छ । उपाधि चुम्नबाट चुकेको पुलिसले उपविजेतामा चित्त बुझाउँदै नगद २ लाख १ हजार प्राप्त गरेको छ । खेल अवलोकनका लागि इनरुवा पुग्नु भएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बिजेता टोली सहितलाई पुरस्कार बितरण गरे ।
फाइनल खेलको म्यान अफ द म्याच आर्मीका कुशल मल्ल घोषित हुँदा प्रतियोगितामा अनुशासित टिम भने प्रदेश नम्बर ५ बन्न सफल भएको छ । बेस्ट बलर पुलिसका सागर ढकाल घोषित भएको प्रतियोगिताको बेष्ट ब्याट्स्म्यान आर्मीका भीम सार्की बनेका छन् । प्रतियोगिता भर उत्कृष्ट खेल प्रर्दशन गरेका पुलिसका दिलिप नाथ म्यान अफ द सिरिज चुनिएका छन् । उनले नगद ५१ हजार राशी हात पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्