पूर्वी क्षेत्रलाई मध्यनजर गर्दै चलचित्र ‘रातो गलबन्दी’ निर्माण हुने

पूर्वी क्षेत्रलाई मध्यनजर गर्दै चलचित्र ‘रातो गलबन्दी’ निर्माण हुने

विराटनगर ६ माघ । मनिषा फिल्मस् प्रा.लि.को ब्यानरमा नेपाली चलचित्र ‘रातो गलबन्दी’ निर्माण हुनेभएको छ । शनिबार निर्माण पक्षले उर्लाबारीको होटल सिंघिममा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र ‘रातो गलबन्दी’ बारे जानकारी गराएको हो ।

झण्डै ९० लाखको लागतमा निर्माण हुन लागेको सो चलचित्र छायाँङ्कन पूर्वका रमणीय स्थलहरुमा हुने निर्माता हिमाल कडरियाले बताए । उनका अनुसार चलचित्रको छाँयाङ्कन मोरङको पथरीस्थित भुटानी शरणार्थी शिविरबाट सुरु भएको छ ।

सो चलचित्रमा चर्चित नायिका केकी अधिकारी, बुद्धि तामाङ, रमेश बुढाथोकी, कोसिश क्षेत्री, अर्जुन गुरुङ, यज्ञबहादुर कटुवाल ‘चुप्पी डन’ लगायतले अभिनय गर्नेछन् । प्रेमकथामा आधारित कथामा बन्ने उक्त फिल्ममा गाँउशहरका परिवेशहरु उत्कृष्ठ शैलिमा समेटिने निर्देशक मनिष थापाले बताए । हिमाल कडरियाको कथामा बन्न लागेको उक्त फिल्मलाई सुमन योन्जनले छाँयाङ्कन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्