विराटनगरमा माघ ९ देखि जुत्ताचप्पल मेला लाग्ने, तीन करोडको कारोवार हुने दाबी

विराटनगरमा माघ ९ देखि जुत्ताचप्पल मेला लाग्ने, तीन करोडको कारोवार हुने दाबी

विराटनगर, ६ माघ ।
“स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान” नाराका साथ विराट फूटवेयर एक्पो–२०७५ प्रदर्शनी विराटनगरमा हुने भएको छ । नेपाल जुत्तापप्पल म्यानुफ्याक्चरिङ्ग नेपालले आईतबार विराटनगरमा पत्रकार सम्मेलन गरी यही माघ ९ गतेदेखि ३० गतेसम्म विराट फूटवेयर एक्पा संचालन गर्न लागेको हो । एक्स्पोमा नेपालका विभिन्न १० जुत्ताचप्पल उद्योगका उत्पादन राखिने जनाइएको छ । एक्स्पोमा महिला, पुरुष, बालबालिकाका जुत्ता, चप्पल, स्र्पोट्स, पार्टी सु लगायत व्याग र पेटीमा १५ देखि ६० प्रतिशतसम्म छुटमा विक्री गरिने मेला संयोजक होमनाथ उपाध्यायले बताए ।
आयात प्रतिस्थापन गरी स्वदेशी उद्योगलाई प्रोत्साहन दिन तथा सर्वसाधारण जनताले एउटै छाना मुनी प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय, सस्तो, आधुनिक जुत्ताचप्पल उपलव्ध गराउन एक्स्पोको आयोजना गरिएको उनले जानकारी दिए । छिमेकी राष्ट्रवाट चोरी पैठारी भै आउने जुत्ताचप्पललाई विक्री वितरण न्यून गर्न विराटनगरमा स्वदेशी उत्पादन वृद्धिका लागि एक्स्पो आयोजना गरिएको संयोजक उपाध्यायले बताए ।
नेपालमा वार्षिक १० करोड जोडी जुत्ताचप्पलको खपत रहेकोमा स्वदेशी उत्पादन ४ करोड ७५ लाख जोडी मात्र रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । वार्षिक ३२ अर्व वरावरको स्वदेशी जुत्ता चप्पल उत्पादन हुने गरेको छ तथा करिक १६ अर्व उद्योगमा लगानी रहेको जनाईएको छ । तयारी जुत्ताचप्पलमा न्यून मूल्याङ्गक नियन्त्रण गरी स्वदेशी उद्योगले आयात गर्ने कच्चा पदार्थमा छुटको व्यवस्था हुनै पर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
गत वर्ष भएका एक्सोमा करिब २ करोडको कारोवार हुनुका साथै २ लाख सर्वसाधारणले अवलोकन गरेको आयोजकको दाबी छ । यस वर्ष करिब ३ करोडको कारोवार र ३ लाख सर्वसाधारणले एक्स्पोको अवलोकन गर्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्