‘सेकेण्ड लर्ड बुद्ध स्कुल स्तरीय भलिवल प्रतियोगिता’ को उपाधी ग्रीन भ्याली लेटाङलाई

<span class='c1'>‘सेकेण्ड लर्ड बुद्ध स्कुल स्तरीय भलिवल</span> <span class='c2'>प्रतियोगिता’ को उपाधी ग्रीन भ्याली लेटाङलाई</span>

विराटनगर, ६ माघ । सेकेण्ड लर्ड बुद्ध ईन्टर स्कुल भलिवल प्रतियोगीताको उपाधी लेटाङ्गको ग्रीन भ्यालीले चुमेको छ । लेटाङ्ग प्याब्सनको आयोजना तथा लर्ड बुद्ध स्कुल विराटनगरको प्रायोजनमा शनिबार भएको ईन्टर स्कुल भलिवल प्रतियोगितामा लेटाङ्गको ग्रीन भ्याली एकेडेमी बिजयी भएको हो । ग्रीन भ्यालीले जातेमा रहेको नोवेल एकेडेमीलाई सोझो सेटमा पराजीत गर्दै उपाधि जितेको हो ।

प्रतियोगिताको उप विजेता नोवेल एकेडेमी भएको छ । पूर्वी क्षेत्रमा रहेका करिब १० वटा निजी विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगीताको म्यान अफ म्याच ग्रीन भ्याली स्कुलका प्रकाश लिम्बु भए । उनलाई लर्ड बुद्ध स्कुलका प्रिन्सीपल सिएम श्रेष्ठले एक वर्षसम्मको पढाई शुल्क ब्यहोर्ने घोषणा गरे ।
प्रतियोगीताको विजेता खेलाडीहरुलाई लेटाङ नगरपालिकाकी उप – प्रमुख कृष्ण कुमारी निरौला, मोरङ भलिवल संघका अध्यक्ष हरिशचन्द्र कोईराला, प्रदेश नम्बर एक खेलकुद संघकी सदस्य शान्ति पाख्रिन, लेटाङ प्याब्सन नगरका अध्यक्ष कमल अधिकारी, लर्ड बुद्ध कलेजका निर्देशक ओम प्रसाई, लर्ड बुद्ध स्कुलका प्रिन्सीपल सिएम श्रेष्ठ लगायतले बिजेतालाई मेडल, प्रमाण पत्र तथा शिल्ड वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्