विराटनगरमा चार बर्षपछि विराट फुड फेस्टा हुँदै, जातीय परिकारको स्वाद लिन पाईने

विराटनगरमा चार बर्षपछि विराट फुड फेस्टा हुँदै, जातीय परिकारको स्वाद लिन पाईने

प्रेम देवान । 
विराटनग, ६ माघ । विराटनगरमा दोस्रो विराट फुड फेस्टा हुने भएको छ । ४ बर्षपछि दोस्रो विराट फुड फेस्टा हुन लागेको हो । विरटनगरमा रहेको भाजु युवराज फाउन्डेसन र एनवाईइएफको सयुक्त आयोजना तथा मन्जिना मुभिज क्रिएसनको सहकार्यमा आगामी फागुन २ गतेदेखि ४ गतेसम्म ‘विराट फुड फेस्टा’ हुने भएको छ ।

आयोजकले आईतबार विराटनगरमा पत्रकार सम्मेलन गरी नमस्कार होटलमा फागुन २देखि ४ गतेसम्म फुड फेस्टा गराउन लागेको जनाएको हो । ‘विराट फुड फेस्टा’मा बिभिन्न जातीय फुड स्टल रहने भाजु युवराज फाउन्डेसनका युनेशराज श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार फुड फेस्टामा नेवारी, माडवाडी, मगर, राई, लिम्बु, थारु , राजवंशी, मुस्लिम लगायत बिभिन्न जातजातीका परिकारको ८० वटा स्टलमा राखिने छ ।
फुड फेस्टामा बालबालिकाको रमाईलोका लागि किड्स जोन पनि रहने जनाइएको छ । फुड फेस्टालाई थप मनोरन्जन प्रदान गर्न आयोजकले नेपालको चर्चित सांगीतिक व्याण्ड ‘कुटुम्व’ लगायतका राष्ट्रिय कलाकार र स्थानिय कलाकारको प्रस्तुती रहने मन्जिना मुभिज क्रिएसनका जतिन ताम्राकारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्