मोरङ प्याव्सनले गर्ने स्पोर्टस् मिट माघ ८ देखि लक्ष्मीमार्गमा हुने

मोरङ प्याव्सनले गर्ने स्पोर्टस् मिट माघ ८ देखि लक्ष्मीमार्गमा हुने

विराटनगर, ६ माघ । मोरङ प्याव्सनले आयोजना गर्ने स्पोर्टस् मिट यो बर्ष लक्ष्मीमार्गमा आयोजना हुने भएको छ ।
प्याब्सन मोरङले आईतवार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी १० औं प्याब्सन स्पोर्टस् मिट गर्ने बारेमा जानकारी दिएको हो । प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले विराटनगर भइरहेको प्याब्सन स्पोर्टस् मिट यसपटक विराटनगरमा हुने महिला साफ च्याम्पियन्सिपका कारण मैदान अभावले उत्तरी मोरङ लक्ष्मीमार्गको खेल मैदान गर्न लागिएको जानकारी दिए ।

प्याब्सन स्पोर्टस् मिटमा मोरङका प्याब्सनसँग आबद्ध २ सय ३८ वटा निजी बिद्यालयका करिव १ हजार ५ सय विद्यार्थी खेलाडीहरु सहभागीता रहने बस्नेतले जानकारी दिए । अध्यक्ष बस्नेतका अनुसार २५ भन्दा बढी एथलेटिक्सका खेलहरु समावेश गरिने छ । तीन दिनसम्म सञ्चालन हुने प्याब्सन स्पोर्टस् मिटमा करिव १२ लाख खर्च हुने आयोजकको अनुमान छ ।
प्रतियोगितामा छात्र तथा छात्रातर्फ दौड, रिले दौड, लङजम्प, हाईजम्प,ट्रिपल जम्प, सर्टपुट ज्याभ्लिङ थ्रो र भलिवलका खेलहरु हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्