मन्थलीमा बस दुर्घटना, ओखलढुङ्गाका दुईको मृत्यु

मन्थलीमा बस दुर्घटना, ओखलढुङ्गाका दुईको मृत्यु

ओखलढुंगा, ६ माघ । चम्पादेवी गाउँपालिकास्थित घोराखोरीबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा २३ घाइते भएका छन्। रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ मच्छेडाँडीमा आइतबार दिउँसो बा ४ ख ४२१० नम्बरको अरनिको यातायात सेवा समितिको बस ब्रेक फेल भएर  दुर्घटना भएको प्रहरीले जनाएको छ।

बसका यात्रुमध्ये ओखलढुंगाको चम्पादेवी गाउँपालिकाको वडा नं. ६, फुलबारी घर भएका ३६ वर्षका ओमबहादुर कार्कीको घटनास्थलमा नै मृत्यु भएको छ। घटनामा गम्भीर घाइते भएका मन्थली नगरपालिका वडा नं ५, सुनारपानीका ३२ वर्षका निरज भुजेलको उपचारको लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

दुर्घटनामा घाइते अन्य २३ जनाको दुर्घटनास्थलबाट प्रहरी तथा स्थानीयले उद्दार  गरी मन्थलीको तामाकोशी सहकारी अस्पतालमा उपचारका लागि पठाएका छन्। उपचाररतमध्ये गम्भीर घाइते दुई जनालाई काठमाडौं रेफर गरिएको तामाकोशी सहकारी अस्पतालका निर्देशक डाक्टर सुमन कर्माचार्यले बताए। अन्य घाइतेको अवस्था सामान्य रहेको छ। सबै घाइतेको उपचार सोही अस्पतालमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्