विश्वको सबैभन्दा खतरानक रुख, यस्ताे छ कारण

विश्वको सबैभन्दा खतरानक रुख, यस्ताे छ कारण

एजेन्सी । विश्वमा धेरै चीजहरु यस्ता हुन्छन्, जसले मानिसलाई नोक्सानी पुर्‍याउन सक्छ । जसको कारण उक्त चिजहरुबाट मानिसहरु टाढै रहनु राम्रो हुन्छ । तर संसारमा यस्तो पनि रुख छ, जसको नजिक जान पनि मनाही गरिएको छ ।

यो रुखको नाम मैंशीनील हो र यो विश्वको सबैभन्दा खतरानक रुख हो । फ्लोरिडा र क्यारेबियन तटमा पाइने यो रुखबाट निस्किने रस यति विषालु हुन्छ कि मानिसको छालासँग सम्पर्कमा आएमा छालामा नै टाँसिने गर्छ । साथै यसको फलको एक टुक्रा मात्र खाँदा पनि मानिसको ज्यान जानसक्छ ।

यसबारे परीक्षणको लागि निकोला एच स्ट्रिकल्याण्ड नाम गरेका वैज्ञानिकले यो फल खाएर चाखेका थिए । शुरुमा उनलाई मीठो नै लागेको थियो तर यसको प्रभाव देखाउन थालेपछि उनले अवस्था गम्भीर बनेको थियो । समयमा नै उपचार नपाएको खण्डमा उनको ज्यान पनि जानसक्थ्यो ।

यदि यो रुखको रस कसैको आँखामा परेको खण्डमा उक्त व्यक्ति अन्धो पनि हुनसक्छ । यतिमात्र होइन, रुखको काठ बाल्दा निस्केको धुवाँ आँखामा पुगेमा पनि आँखाको ज्योति जानसक्छ । यो रुखको उचाइ करिब ५० फिटसम्म हुनेगर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्