संखुवासभाको चैनपुरमा आगलागीबाट १० लाखको क्षति

संखुवासभाको चैनपुरमा आगलागीबाट १० लाखको क्षति

संखुवासभा, ७ माघ । संखुवासभाको चैनपुर नगरपालिका-७ आमबोटेकी सोममाया तामाङको घरमा आइतवार आगलागी हुँदा  करिब १० लाख मूल्य बराबरको क्षति भएको छ ।  आगलागीबाट तामाङको फुसको छानो भएको, ढुंगा, माटोले बनेको तीन तले घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा, काठपात लगायत १ तोला सुन, ५ लाख रुपैयाँ नगद जलेर नष्ट भएको छ । आगलागी भएको जानकारी पाउनासाथ तत्काल तत्काल जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोलीले  स्थानीयवासीको सहयोगमा आगाे नियन्त्रणमा लिईएको हो । आगलागीको कारण भने खुल्न नसकेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्