धनकुटामा ३७ किलोग्राम गाँजासहित दुइ युवकलाई पक्राउ

धनकुटामा  ३७ किलोग्राम गाँजासहित दुइ युवकलाई पक्राउ

धनकुटा, ७ माघ ।  जिल्लाको मुलघाट प्रहरी चौकीले ३७ किलोग्राम गाँजासहित दुइ युवकलाई पक्राउ गरेको छ। विराटनगरस्थित प्रदेश नम्बर एक प्रहरी कार्यालयका अनुसार धनकुटा नगरपालिका ९ स्थित मुलघाटबाट चेकजाँचका क्रममा सोमबार दुइ युवकलाई पक्राउ गरिएको हो।

सो क्रममा प्रहरी धनकुटाको शहिदभूमि गाउँपालिका छिन्ताङका २० वर्षीय भुपाल राई र अर्का २० वर्षीय जजल राईलाई पक्राउ गरेको हो। दुवैबाट प्रहरीले ठूलो परिमाणको गा“जासहित गाँजा ओसारपसारमा प्रयोग गरिएको बा २६ प ६५४० र को ११ प ३८२५ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

प्रहरीले दुवैलाई धरान आउदै गर्दा पक्राउ गरेको बताएको छ। पक्राउ परेका दुबैजनाविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मु चलाउन सोमबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। पूर्वी पहाडी क्षेत्रको धनकुटा र उदयपुर जिल्लामा गाँजा उत्पादन हुने गरेको बताइन्छ। अवैध रुपमा उत्पादन गर्ने गरिएको गाँजा तराईका जिल्लाहुँदै भारतसम्म अवैध रुपमा कटाउने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्