मोरङ प्रहरीद्धारा ३ सय ४९ जना दुई महिनामा पक्राउ, कारण यस्तो छ

<span class='c1'>मोरङ प्रहरीद्धारा ३ सय ४९ जना</span> <span class='c2'>दुई महिनामा पक्राउ, कारण यस्तो छ</span>

विराटनगर, ७ माघ ।
जिल्ला प्रहरी कार्यालयले पछिल्लो समयमा फरार ब्यक्तिलाई पक्राउ गर्ने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतले सर्वोच्च अदालतको घोषणा गरेको फैसला कार्यान्वयन बर्ष लाई परिणाममुखी बनाउन अभियान चलाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जिल्ला अदालत तथा उच्च अदालतबाट फैसला भएको तर कैद तथा जरीवाना भुक्तान नगरी फरार रहेका ब्यक्तिहरूको खोजीलाई तिब्र पारी पक्राउ गर्ने क्रम बढेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मंसिरमा २३ जना तथा पुसमा ३ सय २६ जनालाई पक्राउ गरिएको छ । त्यस्तै चोरी, कर्तब्य ज्यान, लागु औषध, ठगी लगायतका मुद्दाहरूको अदालतबाट फैसला भई फरार भएका ब्यक्तिहरूलाई पक्राउ गरी अदालतमा बुुझाईएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्