तरुण दलले विराटनगरमा जनप्रर्दशन गर्ने, १५ हजार युवा उतार्ने दाबी

तरुण दलले विराटनगरमा जनप्रर्दशन गर्ने, १५ हजार युवा उतार्ने दाबी

विराटनगर, ६ माघ । नेपाली कांग्रेसको युवा संगठन तरुण दलले वर्तमान सरकारको विरुद्धमा विराटनगरमा भोलि प्रदेश स्तरीय विरोध कार्यक्रम गर्ने भएको छ । विराटनगरमा तरुण दलले पत्रकार सम्मेलन गरी सरकारको हरेक कदम जनता र राष्ट्र विरुद्धमा रहेको भन्दै विरोध प्रदर्शन गर्न लागिएको जनाएको होे । पत्रकार सम्मेलनमा तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईंले अहिलेको सरकारले जनमतको कदरगर्न नसकेको आरोप लगाए ।

हत्या हिंसा, वलत्कारका घटना बढी रहँदा पनि सरकारले कार्वाही गर्न नसकेको उनले आरोप लगाए । पत्रकार सम्मेलनमा तरुणदल मोरङ अध्यक्ष सन्जय थापाले वर्तमान सरकारले जन भावना अनुुसार कामगर्न नसकेकाले तरुणदल वाध्य भएर आन्दोलनमा उत्रनु परेको बताए । तरुण दलले मंगलवार गर्ने प्रदर्शनमा १५ हजार मानिस उतार्ने जनाएको छ । बलात्कार पछिको निर्मला पन्त हत्याकाण्डको छानविन गर्नुपर्ने, बढ्दो भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, कानूनी राज्य र मूल्य मान्यतालागि खिल्ली उडाउने काम बन्द हुनुपर्ने, सबै तहको अधिकार प्रधानमन्त्रीले लिने अलोकतान्त्रिक कार्य रोक्नुपर्ने, अशान्ति, असुरक्षा र महंगी नियन्त्रण गर्नुपर्नु, अनसनरत गोविन्द केसीले उठाएका जायज माग पुरा गर्नुपर्ने र सरकारको अधिनायकवादी शैली अन्त्य गर्नुपर्ने माग तरुण दलको छ । तरुण दलले सरकारको काम कारबाहीको विरुद्धमा देशका ७ वटै प्रदेशमा मंगलवार विरोध प्रदर्शन कार्यक्रम गर्न लागेको तरुण दलले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्