हिसान स्पोर्टस मिट भोलीदेखि बिराटनगरमा हुँदै, एक हजार चार सय खेलाडी प्रतिस्पर्धामा

हिसान स्पोर्टस मिट भोलीदेखि बिराटनगरमा हुँदै, एक हजार चार सय खेलाडी प्रतिस्पर्धामा

विराटनगर, ७ माघ । विराटनगरमा मंगलबारदेखि आठौँ हिसान स्पोर्टस मिट २०७५ हुने भएको छ । हिसान मोरङको आयोजनामा स्पोर्टस मिटमा मोरङ जिल्ला भरीका २५ वटा कलेजका १ हजार ४ सय जना खेलाडीहरूले सहभागीता जनाउने छ ।

हिसान मोरङले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरि स्पोर्टस कार्यक्रमबारे जाकनारी दिएको हो । आगामी माघ १६ गतेसम्म संचालन हुने हिसान स्पोर्टस मिटमा आधा दर्जन खेलहरू समावेश गरिने छन् । हिसानले प्रत्येक वर्ष आयोजना गर्दै आएको स्पोर्टस मिटमा फुटबल, भलिबल, बास्केटबल, टेबलटेनिस लगायतका खेलहरू समावेश गरिएको हिसान मोरङका अध्यक्ष बलराम पन्तले जानकारी दिए ।
‘कलेजमा अध्ययनरत विद्यार्थीहरुमा भएको प्रतिभा फ्रस्फुटन गर्न प्रतियोतिा गर्दै आएको उनको भनाइृ छ । हिसान स्पोर्टस मिटका खेलहरु विराटनगरको विभिन्न स्थानमा हुने भएको छ । स्पोर्टस मिटमा उद्घाटनको दिन फुटबल र क्रिकेट खेलहरु हुनेछ । फुटबल विराटनगरस्थित दिल्ली पब्लिक स्कूलको खेलमैदानमा र क्रिकेट बैजनाथपुरस्थित रङशालामा हुनेछ । अन्य खेलहरु केही दिन पछि हुने बताइएको छ । फुटबल तर्फको उद्घाटन खेल ग्रिनल्याण्ड र सृजना ज्ञानकुन्ज कलेजबिच हुनेछ । क्रिकेटतर्फ पहिलो खेल विराटनगरको कोबास र ग्रिनल्याण्ड कलेज बिच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्