नेपाली कांग्रेस मोरङद्धारा खोला दोहन बिरुद्ध बिशेष प्रस्ताव पारित

नेपाली कांग्रेस मोरङद्धारा खोला दोहन बिरुद्ध बिशेष प्रस्ताव पारित

विराटनगर, ८ माघ ।
नेपाली कांग्रेस मोरङको आईतवार बसेको जिल्ला कार्यसमितिको बैठकमा खोलाजन्य प्राकृतिक श्रोत साधन बिरुद्ध बिशेष प्रस्ताव पारित गरेको छ । नदीजन्य प्राकृृतिक श्रोत दोहोनको बिरुद्धमा लाग्दै आएका मोरङ क्षेत्र नम्बर ३ (क) का प्रदेश सांसद सयर्माराज राईले प्रस्तुत गरेको बिशेष प्रस्ताव कांग्रेस बैठकले पारित गरेको हो ।
खोला–नदीमा चरम दोहन भएको भन्दै बिगत देखि नै प्रदेशसभा भित्र र विभिन्न सार्बजनिक कार्यक्रममा विरोध जनाउँदै आएका थिए । प्राकृतिक श्रोतको जथाभाबी दोहन रोक्ने बिषयमा प्रस्तुत गरेको प्रस्तावमा पार्टीले समेत सकारात्मक रुपमा लिएर आफ्नो प्रस्ताव पारित गरेको सांसद राईले जानकारी दिए । आफुले तीन पृष्ठ लामो प्रस्ताव बैठकमा पेश गरेको सांसद राईले बताए। पार्टीले खोलादोहन भएको क्षेत्रमा अनय राजनीतिक दलहरु समेतको सहकार्यमा स्थलगत निरिक्षण गर्ने, प्रतिबेदन तयार पारी सरकारलाई बुझाउने लगायतका काममा अगुवाई गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्