विराटनगरमा आज विहानै दुर्घटना, साइकल यात्रीलाई ठक्कर दिने गाडी फरार

विराटनगरमा आज विहानै दुर्घटना, साइकल यात्रीलाई ठक्कर दिने गाडी फरार

विराटनगर, ८ माघ। विराटनगर आयल निगम अगाडि आज विहानै सवारी दुर्घटना भएको छ । प्रत्यक्षदर्शी मुस्कान कटवालले बताए अनुसार सेतो रङ्गको सुजुकी डवल क्याप गाडीले साइकल यात्रीलाई ठक्कर दिएर विराटनगरतर्फ फरार भएको छ । अन्दाजी ३०–३५ वर्षकी महिलालाई ठक्कर दिदा उनको टाउकोमा गम्भीर चोट लागेको कटवालले जानकारी दिए । उनलाई तत्काल उपचारको लागि अस्पताल लगिएको छ भने घटनास्थलमा पुगेरको प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । फरार गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्