विपन्न दलित परिवारलाई वडा कार्यालयले दियाे बाख्रा उपहार

<span class='c1'>विपन्न दलित परिवारलाई वडा</span> <span class='c2'>कार्यालयले दियाे बाख्रा उपहार</span>

उदयपुर, ८ माघ ।  आर्थिक रुपमा विपन्न तथा दलित परिवारलाई त्रियुगा नगरपालिका–१६ वडा कार्यालयले बाख्रा उपहार दिएको छ।  वडाध्यक्ष मानबहादुर राईले पशुपालनको पकेट क्षेत्र रहेको जाल्पा चिलाउनेका ११ परिवारलाई पशुपालनमा प्रेरित गर्न बाख्रा उपहार दिएको बताए। ‘स्थानीय ज्योति महिला बहुउद्देश्य सहकारी संस्थाको अगुवाईमा बाख्रा वितरण गरिएको हो,’ उनले भने, ‘वडा कार्यालयले दुई लाख रकममा बराबरको उन्नत जातको बाख्रा दिएको हो।’ बाख्रा पाउने समुदायले अर्को वर्ष एउटा पाठा वा पाठी समूहलाई फिर्ता गर्नु पर्ने छ।

अहिले पाएकाले फिर्ता गरेको बाख्रा अर्को वर्ष बाँकी विपन्नलाई दिइने योजना छ। दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका परिवारलाई चालु आर्थिक वर्षमा एक लाख रकममा पाँच परिवारालाई बाख्रा वितरण गरिएको वडा कार्यालयका भनाइ छ। नगरपालिकाको पूर्ण अनुदानमा बाख्रा पाएपछि स्थानीय दंग परेका छन्। वडाले दिएको बाख्राको राम्रो स्याहारसुसार गरेर आम्दानी गर्ने स्थानीय तुलमाया विकले बताइन्। व्यवसायिक रुपमा कृषि तथा पशुपालन गर्न सके चुरे क्षेत्रका स्थानीयले प्रसस्त आर्थिक उपार्जन गर्न सक्ने सम्भावना बोकेका क्षेत्र छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्