कृषिमा गोल्यान समूहको लगानी : झापामा २०९ बिघामा अर्गानिक खेती

<span class='c1'>कृषिमा गोल्यान समूहको लगानी :</span> <span class='c2'>झापामा २०९ बिघामा अर्गानिक खेती</span>

झापा,८ माघ  । धागो र प्लास्टिकजन्य वस्तुमा ठूलो लगानी गरिसकेको गोल्यान समूहले अर्गानिक कृषिवस्तु उत्पादनका लागि लगानी गरेको छ । त्यसका निम्ति समूहले झापामा मात्रै २ सय ९ बिघा जग्गा किनेर कृषिजन्य वस्तुको उत्पादन थालेको हो । गोल्यान समूहका अध्यक्ष पवन गोल्यानका अनुसार त्यसका लागि झापाका मदरगाछ, चकचके, घेराबारी, रंगपुर लगायत स्थानमा जग्गा किनेर ‘पाइलट प्रोजेक्ट’का रूपमा काम थालिसकिएको छ । जग्गा खरीदमा मात्र र६० करोड लगानी गरिएको उनले जानकारी दिए ।

अग्र्यानिक कृषिजन्य वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्यले एसबीआई बैंक र जनता बैंकको सहयोगमा समूहले उक्त काम थालेको हो । सो जग्गामा मेवा, खर्बुजा, कागती लगायत फलफूलका बिरुवा रोप्ने तथा अदुवा, प्याज, काउली, बन्दागोभी आदि तरकारीको उत्पादनमा जोड दिइएको छ । अहिले झापालाई कृषि पकेट क्षेत्र बनाउने र यो क्रमलाई मुलुकभर विस्तार गर्ने गोल्यान समूहको तयारी छ । यो प्रोजेक्टमा गोल्यान समूह अन्तर्गतको जयन्त गोल्यान फाउन्डेशन र सेल्टर (आश्रय) नेपाल सहभागी छन् ।

गोल्यान समूहले विषादीयुक्त वस्तुहरूको आयात पछिल्लो समय निकै बढेको भन्दै यसलाई नरोकी आत्मनिर्भर बन्न नसकिने बताएको छ । समूहका अध्यक्ष पवन गोल्यानले भने, ‘विषादीयुक्त वस्तुको प्रयोगले आम जनताको स्वास्थ्यमाथि ठूलो असर गरिरहेको छ, त्यस्ता वस्तुको आयात रोकी हामी आत्मनिर्भर बन्नेतर्फ लाग्नुपर्छ ।’ उनका अनुसार केही समयभित्रै खेतीलाई विस्तार गरी १ हजार बिघा जग्गामा कृषिजन्य वस्तुको खेती गर्ने र उत्पादित वस्तु देशभर पुर्‍याउने गरी समूहले काम गरिरहेको छ । तत्काल कृषि आयात घटाउने र निकट भविष्यमा अर्गानिक कृषि वस्तुलाई विभिन्न देशमा निर्यात गरी व्यापारघाटा घटाउने लक्ष्य सो समूहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्