तेह्रथुम, ८ माघ । तेह्रथुमको म्याङलुङ नगरपालिका-७ लाप्चाङ टोलमा पोखरीमा डुबेर १ बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बलन-बिहुन गाउँपालिका-२ घर भई तेह्रथुम बस्दै आईरहेका बिरेन्द्र साहको छोरी बर्ष ३ को एतिका साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । लाप्चाङ टोल बस्ने कैलास कुमार खत्रीले अलैची भिजाउन बनाएको पोखरीमा खेल्ने क्रममा डुबेर गम्भीर बनेकी बालिकालाई उपचारको लागि जिल्ला अस्पताल तेह्रथुम लगिएकोमा उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।