पुराणमा गएकी बृद्धाकाे घरको बरण्डाबाट लडेर मृत्यु

पुराणमा गएकी बृद्धाकाे घरको बरण्डाबाट लडेर मृत्यु

खोटाङ,  ८ माघ । खोटाङको रुपाकोट-मझुवागढी नगरपालिका-८ मा गए राति घरको बरण्डाबाट लडेर १ बृद्धाको मृत्यु भएको छ ।  आफन्त मकर बहादुर चौहानको घरमा सप्ताह पुराणमा गएकी खोटाङ साकेला गाउँपालिका-५ बस्ने कृष्ण बहादुर खत्रीको श्रीमती बर्ष ७७ की टिका कुमारी खत्रीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । राती १ बजेको समयमा बाहिर निस्कने क्रममा घरकाे बरण्डाबाट लडेर गम्भीर घाइते भएकी बृद्धाको घटनास्थलमै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्