बिराटनगरमा विराट फूटवेयर एक्पो भोलिबाट , ६० प्रतिशतसम्म छुट !

बिराटनगरमा विराट फूटवेयर एक्पो भोलिबाट , ६० प्रतिशतसम्म छुट !

विराटनगर, माघ ८ ।

बिराटनगरमा “स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान” नाराका साथ विराट फूटवेयर एक्पो–२०७५ प्रदर्शनी हुने भएको छ । माघ ९ गतेदेखि विराट फूटवेयर एक्पा संचालन गर्न लागिएको हो । एक्स्पोमा नेपालका विभिन्न १० जुत्ताचप्पल उद्योगका उत्पादन राखिने जनाइएको छ । एक्स्पोमा महिला, पुरुष, बालबालिकाका जुत्ता, चप्पल, स्र्पोट्स, पार्टी सु लगायत व्याग र पेटीमा १५ देखि ६० प्रतिशतसम्म छुटमा विक्री गरिने मेला संयोजक होमनाथ उपाध्यायले बताए ।

आयात प्रतिस्थापन गरी स्वदेशी उद्योगलाई प्रोत्साहन दिन तथा सर्वसाधारण जनताले एउटै छाना मुनी प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय, सस्तो, आधुनिक जुत्ताचप्पल उपलव्ध गराउन एक्स्पोको आयोजना गरिएको उनले जानकारी दिए । छिमेकी राष्ट्रवाट चोरी पैठारी भै आउने जुत्ताचप्पललाई विक्री वितरण न्यून गर्न विराटनगरमा स्वदेशी उत्पादन वृद्धिका लागि एक्स्पो आयोजना गरिएको संयोजक उपाध्यायले बताए ।

मेला बिराटनगरको सात घुम्तीमोड बैंक अफ काठमाडौं आगाडी हुने आयोजकले जनाएको छ । मेलामा प्रदेश नम्बर १ का जनतालाई केन्द्रित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्