किन बन्दैनन् गरिबका टिकाउ हुने घर,ओत पाएका ऋषिदेव समुदाय पुगे खाली आकाशमा

किन बन्दैनन् गरिबका टिकाउ हुने घर,ओत पाएका ऋषिदेव समुदाय पुगे खाली आकाशमा

रविन्द्र बराल
विराटनगर, ८ माघ ।
मोरङको सुनवर्सी नगरपालिमा करिब २१ बर्ष अगाडि एउटा कार्यक्रम आयो जहाँ गरिब बस्ती बनाउने  । पुर्ब प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाले आफ्नो निर्वाचन क्षेत्रमा  प्लान नेपालको सहयोगमा शुरु गरेको जनता आवास कार्यक्रमको टिनमात्र बाँकी रहेको छ ।

सुनवर्सी नगरपालिका ५ झिङ्गिटोलमा प्लान नेपालले २१ बर्ष अगाडि अति विपन्न घर परिवारलाई बसोवासकालागि बनाएको घरहरु जिर्ण भएको हो । स्वर्गीय गिरिजाप्रसाद कोईरालाले मोरङ निर्वाचन क्षेत्र नम्बर १ का ऋिषिदेव, मुसहर समुदायका ५८ घर परिवारकालागि घर बनाएका थिए । प्लान नेपालले कोईरालाकै योजना अनुसार लगेको कार्यक्रममा ४ बिघा ७ कठ्ठा जग्गा खरिद गरेर दुई कोठे पक्कि घर वनाएर बितरण समेत भएको थियो । निर्माण भएको लामो समयसम्म ति बनाएका घरहरुको न र्रग रोगन भयो न त मर्मत सम्हार नै त्यो घरमा बसोवास गर्ने अति गरिब परिवारले आफै बसेको घर मर्मत गर्न सकेनन् , अहिले जिर्ण भएको छ, बलराम ऋषिदेवले भने ।
त्यो बेला निर्माण भएको दुई कोठा घर अहिले छाड्नु न बस्नु भएको उनीहरु बताउँछन् । छाडौँ कहाँ गएर बस्ने तर नछाडौँ सबै घर भत्किन थाल्यो, ओत लाग्ने टिन पनि चुहिन लाग्यो, बलरामको गुनासो छ ।
बनेका घर साना
घर निर्माणको बेला एउटा परिवारका २ जनाको दरले बस्न मिल्नेगरी बनाएको थियो । अहिले उनीहरुको परिवारको संख्या बढेर ठुलो भएको छ । एकजनाका ५ जनाभन्दा बढी नै छोरा छोरी जन्मिए अनी उनीहरुको पनि छोरानाती हुँदा घर साँघुरो देखिन्छ । उनीहरु भन्छन्, हामीलाई दैनिक गुजारा गर्दै समस्या छ घर बनाएर बस्न साह्रै गाह्रो छ ।
गर्मीको समयमा जसोतसो बाहिरै बसेर पनि गुजारा चलाउने यी बस्तीका परिवारमा जाडोको समयमा भने सकस हुने गरेको सुनाउँछन् ।
बलरामले भने, ‘पाँच जनाको परिवारलाई दुईटा कोठाले धान्दैन, एउटा कोठामा बुढा भएका बुबाआमालाई छाडेपछि आफ्नो परिवार चिसो भुईमा सुताउने गरेको छु ।’
जाडोमा न्यानोको खोजी अनी बर्षा समयमा पानी पस्ने समस्या यस बस्तीको उनीहरु सुनाउँछन् ।
स्थानीय चनरीदेबी ऋषिदेवले समस्या अहिलेको जाडोको मात्र नभई हरेक समयमा हुने गरेको बताईन् । उनले त्यो बेलामा घर बनाएर सहयोग गरेको भएपनि त्यस यता कोही पनि सोधिखोजीको लागि नआएको सुनाईन् । ‘हामीलाई त घर बनाएर राखियो, अन्त जग्गा किनेर घर बनाउन सक्ने अबस्थापनि थिएन, उनले भनिन्, ‘अहिले आएर घर फेरी भत्किएपछि बनाईदिन्छु भनेर कोही आएको छैन ।’
निर्माण भएका ५८ वटा घरहरु मध्य अधिकांश घरको देवाल चर्किएका, टिन चुहिने भएका, हावा हुरीले टिनको छानो उडाएको, झ्याल ,ढोका र टिनको छानो समेत प्वाल परिसको छ ।
विराटनगर–आमगाछि सडकखण्ड अन्तरगत रंगेली नगरपालिका र सुनवर्सी नगरपालिकाको सिमानामा रहेको यो बस्ती बसाउँदा ५८ घर रहेका थिए । ति घरहरु मध्ये ४६ घर परिवारलाई प्रति परिवार एक कठ्ठाका दरले घरसहित जग्गा पास गरेर पाएको भएपनि थप १० परिवारले अझै जग्गा आफ्नो नाममा पाउन सकेका छैनन् । अहिले झिङ्गिटोलमा १ सय घरहरु थपिएको स्थानीय सदानन्द ऋिषिदेवले बताए ।
केही संघ संस्थाहरुले लगानी गरेर भवन निर्माण गर्ने तथा बस्ती बसाउने काम गरेपनि राज्यको तर्फबाट यस्ता बस्तीमा ध्यान गएको देखिँदैन । यस्ता दलित बस्तिमा भने लागू हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्