मोरङको रंगेलीमा माघ महिनामा पनि धान रोपाई  !

मोरङको रंगेलीमा माघ महिनामा पनि धान रोपाई  !

रबिन्द्र बराल ,रंगेली माघ ८

के पत्याउनु हुन्छ माघ महिनाकाे चिसाे समयमा पनि धान रोपाई हन्छ भन्ने कुरा ? सायदै धेरैलाई पत्यार नलान्छ सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित भएको छ । मोरङको रंगेली नगरपालिका ६ स्थित मधुवनि चोक नजिकै र सुनवर्सि नगरपालिका ५ स्थित झिङ्गि टाेल नजिकै मा रहेको १५ बिधा खेतमा अहिले धान राेपाई धमाधम भइरहेको छ । माघ महिनाको जाडोकाे समयमा महिला मजदुर महिलाहरु एकाबिहानै देखि हिलाम्मे खेतमा धान रोपन ब्यस्त हुन थालेका छन ।सो क्षेत्रमा रहेको सयौं बिधा खेतमा अहिले कृषकहरु धान रोपाँईमा ब्यस्त हुन थालेका छन । नेपाल सरकारले कागजमा जन मजदुर गर्ने महिला वा पुरुषलाई ज्याला तय गरेता पनि त्याे भनेे ब्यवहारमा लागू हुन सकेको छैन । ५ सय रुपैयाँ ताेके पनि महिला हरुले एक दिन धान राेपे पुरुषलाई ३ सय रुपैयाँ दिएता पनि महिलाहरुलाई १ सय मात्रै दिने गरेको पार्वती ऋिषिदेवले बताएईन ।

 
रंगेलीका २५ बर्षका भरत राजवंशीले बिगत २० बर्ष देखि ३ बिघा खेतमा धान खेती गर्दै अाफुहरुले ठेक्कामा धान राेप्न लगाउने गरेकाे बताए । ३ बिघा खेतमा दुई बालि घान मात्रै लगाउने गरेका छन । माटो नराम्रो भएका कारण अरु वालि नहुने भएको हुनाले दुख गरेर धान खेती मात्रै लगाउने गरेको र अरु समयमा खेत बाझै छाडने गरेको उनले बताए । अहिले उक्त खेतमा घुटराज धान राेपी रहेका छन । माघमा रोपेको धान जेठ महिनामा काट्ने गरेको र जेठ महिनामा पुनः अर्को धान रोपने गरेको उनलेे बताए । अहिले खेति गर्ने धेरै मेहनत गर्नुपर्ने र खर्च समेत बडिनै गर्नुपर्ने काे समेत बताए । सो खेतमा ३ सय मन सम्म धान उत्पादन हुने गरेको छ । 


अहिले वैदेशिक रोजगारीले गर्दा खेत बारीमा काम गर्ने मजदुरहरु समेत नपाउने गरेको र जन मजदुर नहुदा खेतीपाती गर्ने समस्य समेत परेको राजवंशीले बताए ।धान रोपी सकेपछि सो धानमा हाल्ने औषधी र मल हरु नेपाल सरकारले समयमै उपलब्ध नगराउदाँ कृषक हरुले चर्काे मुल्यमा किन्नु पर्ने बाध्यता रहेको र भारत बाट मल ल्याउदा समेत भारतीय प्रहरी र नेपाल प्रहरीले अाफु हरु लाई दुख दिने गरेको गुनासो पाेखे । सिचाईको लागि मोटर लगाएर पानी हाल्नु पर्ने र यस भेगमा नहरको समेत बेवास्ता नभएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्