विराटनगरमा फेरी अर्को सडक दुर्घटना , टेम्पो पल्टियो ५ घाईते १ को अवस्था गम्भिर

विराटनगरमा  फेरी अर्को सडक दुर्घटना , टेम्पो पल्टियो ५ घाईते १ को अवस्था गम्भिर

विराटनगर, ८ माघ । विराटनगरको बरगाछीमा आज दिउँसो भएको टेम्पो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
कंचनबारीबाट महेन्द्रचोक तर्फ आउर्दै गरेको को १ ह ७७४ नम्बरको टेम्पो सडकमा पल्टिएर दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । कुदिरहेको टेम्पो साईड लगाउन खोज्दा सडकमा थुपारिएको बालुवा र गिटी भासिदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले जनाएको छ ।

दुर्घटनामा विराटनगर ५ का ३८ वर्षीय तवरेज आलम, सुनसरी सोनापुरका ७० वर्षीय चन्द्रबहादुर राउत, मोरङको धनपालन गाउँपालिका १ की ६५ वर्षीय भेगनीदेवी साह, विराटनगर १५ की २८ वर्षीय ममता साह र विराटनगर ११ की २५ वर्षीय सुमिक्षा बुढाथोकी घाइते भएका छन् ।
घाइते मध्ये वृद्ध चन्द्र बहादुर राउतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको विराट नर्सिङ होममा उपचार भइरहेको ट्राफिक प्रमुख शिव कुमार पोखरेलले जानकारी दिनभुयो । यसैविच आज विहान विराटनगरको आयल निगममा सडक दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्