द भ्वाइस अफ नेपालकाे  बिजेता पूर्वी नेपालमा, माेरङकाे पथरी देखि झापासम्म कन्सर्ट

द भ्वाइस अफ नेपालकाे  बिजेता पूर्वी नेपालमा,  माेरङकाे पथरी देखि झापासम्म कन्सर्ट

विराटनगर, ८ माघ । चर्चित कलाकारको साथमा पूर्वको विभिन्न स्थानमा ‘द भ्वाइस अफ नेपाल लाइभ म्यूजिकल कन्सर्ट’ हुने भएको छ । कन्सर्ट पूर्वको विभिन्न सहरमा हुने भएको छ । कन्सर्टमा द भ्वाइस अफ नेपालका बिजेता देखि फस्ट नरअप र टपटेनमा पुगेका कलाकारहरूको साँगीतिक प्रस्तुती रहनेछ ।
पिस ल्याब इन्टरनेशनल प्राइभेट लिमिटेडको आयोजनामा मोरङको पथरीमा यही माघ २५ गते द भ्वाइस अफ नेपाल लाइफ म्यूजिकल कन्सर्ट हुने भएको हो । आयोजकले मंलबार पत्रकार सम्मेलन गरि पथरीमा हुने लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
पथरीपछि झापाको केर्खामा १६ गते, सुनसरीको धरानमा २१ र बिर्तामाडमा २३ गते द भ्वाइस अफ नेपाल लाइभ म्यूजिकल कन्र्सट हुने भएको पिस ल्याब इन्टरनेशनलका म्यानजिङ्ग डाइरेक्टर अनुप योञ्जनले जानकारी दिए । सो कन्सर्टको मुख्य कलाकार द भ्वाइस अफ नेपालका बिजेता सी.डी. विजय अधिकारी, फस्ट रनरअप कुसल आचार्य, सप्तक दुतराज, श्रीविजय थपलियाको प्रस्तुती रहेनछ । त्यस्तै श्रेया राई, सुरेखा क्षेत्री, अनु शाक्य, बिवेक वाइवा लामा चेङवा लगायतको प्रस्तुती रहनेछ ।
‘पूर्वको सहरमा एकै ठाउँमा यतिका संख्यामा कलाकार ल्याएर साँगीतिक प्रस्तुती हुन लागेको छ,’ योञ्जनले भने, ‘लाइभ कन्सर्टको तयारीमा हामी जुटेका छौं । यहाँ हुन लागेको सांगीतिक कार्यक्रम भव्य र सभ्य हुनेछ ।’ उक्त लाइभ कन्सर्ट समापन गर्न करिब १८ देखी २० लाख रुपैयाँ खर्च हुने पिस ल्याब इन्टरनेशनका अध्यक्ष प्रेमकुमार तामाङ्गले जानकारी दिए । पथरीमा हुने लाइभ कन्सर्टमा २० हजारभन्दा बढी दर्शकको प्रत्यक्ष सहभागी हुने आयोकजले अपेक्षा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्