काठमाण्डौको गोंगबुमा गाेली चल्याे, प्रहरीको गोली लागेर एक जना घाइते

काठमाण्डौको गोंगबुमा गाेली चल्याे,  प्रहरीको गोली लागेर एक जना घाइते

काठमाडौं, ८ माघ । काठमाण्डौको गोंगबुमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।  हतियार कारोबारी भएको आशंकामा पक्राउ गर्न गएको प्रहरीमाथि नै आक्रमण हुन थालेपछि प्रहरीले गोली प्रहार गरेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
हतियार बोकेको भन्ने विशेष सूचनाको आधारमा गोंगबुको एक गेष्टहाउमा बसेका काभ्रे घर भएका अभिलाश तामाङलाई पक्राउ गर्न जाँदा गोली चलेको हो ।

प्रहरीले चलाएको गोली तामाङको खुट्टामा लागेको छ । तामाङलाई पक्राउ गर्न हनुमानढोकाबाट प्रहरीको टोली खटिएको थियो । गोली प्रहार गरेर तामाङलाई पक्राउ गर्न सफल भएको हो । तामाङको साथबाट ६ राउण्ड गोलीसहित लोडेड पेस्तोल बरामद भएको र घाइते तामाङको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्