दुहवीमा मापदण्ड बिनाका अस्पताल र क्लिनिक संचालनमा, कार्वाही गर्ने उपमेयरको दाबी

दुहवीमा मापदण्ड बिनाका अस्पताल र क्लिनिक संचालनमा, कार्वाही गर्ने उपमेयरको दाबी

अकबर अली, दुहवी ।
सुनसरीको दुहवीमा मापदण्ड बिपरितका औषधि पसल तथा अस्पताल संचालनमा रहेको स्थानीयले गुनासो गरेका छन् । स्वास्थ्य प्रवर्धन माहामारी, सर्ने, नसर्ने रोगको बिषयमा एकदिने प्रजनन् स्वास्थ्य सचेतना कार्यक्रममा सहभागी हुन नगरपालिकाको कार्यालयमा पुगेका स्थानीयले दुहबीमा मापदण्ड बिपरितका अस्पताल र क्लीनिक संचालन भईरहेको गुनासो गरेका हुन् ।

उनीहरुले दुहवी नगर क्षेत्र भित्र संचालनमा रहेका अस्पताल, स्वास्थ्य क्लिनिक, पोलिक्लिनिकहरु अनुगमन नहुँदा मापदण्ड बाहिर गएर संचालन भईरहेको आरोप लगाए । मापदण्ड विपरितका स्वास्थ्य संस्थाबाट उपचार गर्न जाने सेवाग्राहीहरु ठगिएको, अस्पताल तथा स्वास्थ्य क्लिनिक, पोलिक्लिनिकहरु मापदण्ड विपरित नेपाल सरकार स्वास्थ्य मन्त्रालयको अनुमति नै नलिई संचालनमा रहेको उनीहरुले बताएका हुन् ।
आगु औषध नियन्त्रणमा चासो दिन सुझाव
पछिल्लो समय लागुपद्धार्थ सेवन गरि कुलतमा फस्नेको संख्या बढ्दै गएको भन्दै चिन्ता समेत ब्यक्त गरेका छन् । स्थानिय सरकारले लागुपद्धार्थको दुब्र्यशनी तथा त्यसको सेवनबाट हुने हानीको बारेमा सचेतना अभियान नै संचालन गर्नु पर्ने उनीहरुको भनाई छ । त्यस्तै अहिलेपनि गाउँघरमा गर्भवती जाँच तथा सुरक्षित गर्भपतन गर्नु पूर्व जाँच गर्नु पर्छ भन्ने जानकारी नै नभएको बताए । विभिन्न रोगहरुको बारेमा जानकारी दिन घरदैलो कार्यक्रम चलाउन समेत सहभागीको जोड थियो ।
दुहवी नगरपालिकाकी उपप्रमुख सुनिता दाहाल (साह)ले संघीय सरकार र प्रदेश सरकारले स्वास्थ्य सम्बन्धी कुनै ठोस कानुन नबाएका कारण नगरपालिकालाई नयाँ कानुन बनाएर कार्यान्वयन गर्न समस्या भएको बताईन् । उनले मापदण्ड बाहिर रहेका स्वास्थ्य संस्था तथा अस्पताललाई कार्वाही गर्ने बताईन् । ‘अब अस्पताल तथा स्वास्थ्य संस्थाको तुरुन्तै अनुगमन हुन्छ, उपमेयर दाहालले भनिन्, कानुन उल्लङ्घन गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याउन काम थालिन्छ ।’
कार्यक्रम दुहवी नगरपालिका बिभिन्न संघ–संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा, महिला अधिकारकर्मी, संचारकर्मी, स्वास्थ्य स्वयमसेविकाको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्