विराटनगरमा ‘विराट फूटवेयर एक्स्पो’ आजदेखि

विराटनगरमा ‘विराट फूटवेयर एक्स्पो’ आजदेखि

विराटनगर, ९ माघ । बालाजी मिडिया हाउसको आयोजना र नेपाली जुत्ताघर काठमाडौंका पूर्व अध्यक्ष होमनाथ उपाध्यायको संयोजकत्वमा ‘स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ विराटनगरमा ‘विराट फूटवेयर एक्स्पो’ हुने भएको छ । विराटनगर–७ स्थित बैंक अफ काठमाण्डूको कार्यालयअगाडि खाली जग्गामा आजदेखि ३० गतेसम्म सञ्चालन हुने उक्त मेलामा नेपालका विभिन्न १० जुत्ताचप्पल उद्योगका उत्पादन राखिने जानकारी गराइएको छ । विराटनगरकाे हाेटल शाेभा ईनमा दिउँसाे २ बजे उद्घाटन हुने मेलाकाे प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गर्ने आयाेजकले जनाएकाे छ ।

मेलामा महिला, पुरुष, वालवालिकाका जुत्ताचप्पल, स्पोर्टस, पार्टी सुज लगायत ब्याग र पेटीमा १५ देखि ६० प्रतिशतसम्म छूट दिइने मेला आयोजक संघका संयोजक होमनाथ उपाध्यायले बताए । आयात प्रतिस्थापन गरी स्वदेशी उद्योगलाई प्रोत्साहन दिन तथा सर्वसाधारण जनतालाई एउटै छानामुनि प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय र सस्ता आधुनिक जुत्ताचप्पल उपलब्ध गराउन मेलाको आयोजना गरिएको उनले बताए । नेपालमा वार्षिक ७ करोड जोडी जुत्ताचप्पलको खपत रहेकोमा स्वदेशी उत्पादन ४ करोड ७५ लाख जोडी मात्र रहेको बताइएको छ । जुत्ताचप्पलको वार्षिक कारोबार ३२ अर्ब बराबरको रहेको तथा स्वदेशी उद्योगमा १६ अर्बको लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्