भ्रुण हत्या गरेको आरोपमा आमा-छोरी पक्राउ

भ्रुण हत्या गरेको आरोपमा आमा-छोरी पक्राउ

तेह्रथुम, ९ माघ । तेह्रथुमको छथर गाउँपालिका-१ आङदिममा भ्रुण हत्या गरेको आरोपमा  आमा-छोरीलाई नै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । भ्रुण हत्या गरेको आरोपमा सोही स्थान बस्ने बर्ष २० की दालमु शेर्पा र निजको आमा बर्ष -४५ की कल्पना शेर्पालाई प्रहरीले  पक्राउ गरेकाे  हो । छोरी दालमु शेर्पाको गर्भमा रहेको भ्रुण हत्या गरेको आशंकामा स्थानीयले दिएको सूचनाको आधारमा प्रहरी चौकी शुक्रवारेबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनीहरुले भ्रुण हत्या गरेर नजिकै रहेको उतिस घारीमा खाल्डो खनेर ढुंगा, माटोले पुरेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।  प्रहरी टोलीले  घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्