मिनी ट्रकको ठक्करबाट दुहबीमा सफारी चालकको मृत्यु, एकजना घाइते

मिनी ट्रकको ठक्करबाट दुहबीमा सफारी चालकको मृत्यु, एकजना घाइते

दुहबी, ९ माघ । सुनसरीको दुहबी नगरपालिका-८ फुटानी चोकमा   मिनी ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । कोशी राजमार्ग अन्तर्गत सोनापुरबाट दुहबी आउँदै गरेको को १ ह. ४२५४ नम्बरको सिटी सफारीलाई ईटहरीबाट विराटनगर तर्फ आउँदै गरेको को.१ ख. ६७१० नम्बरको मिनी ट्रकले   ठक्कर दिएको थियो ।

ठक्करबाट सफारी चालक दुहबी-९ छातावेली बस्ने बर्ष ५० को कलिम मियाँ र सफारीमा सवार बेलबारी नगरपालिका-१ बस्ने बर्ष २८ को मन कुमार मगर घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारको लागि दुहबी स्थित  सामुदायिक हस्पिटल पठाईएकोमा सफारी चालक मियाँको उपचारको क्रममा अस्पतालमा  मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घाइते मगरको सोही हस्पिटलमा उपचार भईरहेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्