ताप्लेजुङमा धरौटी बुझाउन नसक्दा दुई युवा कारागार चलान

<span class='c1'>ताप्लेजुङमा धरौटी बुझाउन नसक्दा</span> <span class='c2'>दुई युवा कारागार चलान</span>

ताप्लेजुङ माघ ९ , धरौटी बुझाउन नसक्दा ज्यान मार्ने उद्योग मुद्दाका दुई युवालाई कारागार चलान गरिएको छ । मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका २७ वर्षीय अविरल मास्वा लिम्बू र २२ वर्षीय सुनिल याक्युपा लिम्बूलाई कारागार चलान गरिएको हो ।

दुवै जनासँग जिल्ला अदालतले जनही रु एक लाख १० हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेकाले उनीहरुलाई कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

उनीहरुले २०७४ भदौ ३१ गते ढुङ्गेसाँघुका ३८ वर्षीय शुक्रराज लिम्बूलाई धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए । दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्