विराटनगरको सिर्जना फाइनान्सको स्वास्थ्य शिविर सप्तरीको कन्चनरुपमा

विराटनगरको सिर्जना फाइनान्सको स्वास्थ्य शिविर सप्तरीको कन्चनरुपमा

विराटनगर, ९ माघ । सिर्जना फाईनान्स लिमिटेडले समाजिक उत्तरदायित्व कार्यत्र्रmम अन्तरगत सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नोवेल अस्पताल बिराटनगरका विशेषज्ञ डाक्टरहरु सहितको टोलीले बिरामीहरुको निशुल्क परिक्षण गरेको हो । स्वास्थ्य शिविरमा कञ्चनरुप नगरपालिका प्रमुख वसन्त मिश्रले विशेषज्ञ डाक्टरहरुलाई स्वागत गर्दे यस किसिमका कार्यत्र्रmमहरु नियमित रुपमा सञ्चालन गरेमा स्थानियवासीलाई राहत मिल्नेमा विश्वास ब्यक्त गरे । अहिले कञ्चनरुप नगरपालिका क्षेत्र भित्र जंगली हात्ती आतंकले यस वर्ष सात जनाको ज्यान स्मरण गर्दै सम्बन्धित निकायले नियन्त्रण गर्नु पर्नेमा जोड दिए ।

सिर्जना फाईनान्सका सञ्चालक राजिव कुमार मिश्र र सुवास अचार्यले सिर्जना फाइनान्सले वैकिङ्घ कारोबार वाहेक समाजलाई आवश्यक सेवाहरु समेत प्रदान गर्ने जानकारी दिए ।
यसैबिच सिर्जना फाइनान्सले सप्तरी जिल्लाको वोदेबरसाइन, पातो, कल्याणपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्मन्न गरेको छ । आज कञ्चनरुप नगरपालिकामा शिविर सम्पन्न गरेको हो । कञ्चनरुप नगरपालिकामा भएको निःशुल्क स्वास्थ्य शिविरमा करिब पन्द्र सय बिरामीले स्वास्थ्य परिक्षण गराएका छन् ।
आगामी फागुन महिनामा सप्तरीकै फत्तेपुर र भारदहमा समेत स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको संचालक आचार्यले बताए । फाईनान्सले माघ महिनामा मात्र सप्तरी जिल्लाको भारदहको सामुदायिक विद्यालयमा अध्ययनरत दलित विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने जानकारी दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्