ओखलढुंगा र सोलुखुम्बुका विभिन्न भागमा हिमपात

ओखलढुंगा र सोलुखुम्बुका विभिन्न भागमा हिमपात

ओखलढुंगा, ९ माघ । ओखलढुंगा र सोलुखुम्बुका विभिन्न भागमा हिमपात भएको छ। दुई जिल्लाका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात हुँदा ओखलढुंगा–सोलु सडकखण्डको पत्तालेमा सडक अवरुद्ध भएको छ। ओखलढुंगाका देम्वा, खिजी, पात्ले, सिद्धिचरण नगरपालिकाको ठाडे, रावादोलु भुसिंगालगायतका क्षेत्रमा हिमपात भइरहेको छ।

सोलुखुम्बुको पिके, पत्ताले, रात्नाङ्गेलागयतका उच्च क्षेत्रमा हिमपात भइरहेको छ। हिमपातका कारण सोलु दुधकुण्ड नगरपालिकाको पत्तालेमा सडक अवरुद्ध भएको सोलु एफएमका प्रबन्ध निर्देशक नुतन श्रेष्ठले बताए। उनका अनुसार सोलुबाट ओखलढुंगा र ओखलढुंगाबाट सोलु जाने सवारी बिहानैदेखि रोकिएका छन्।

हिउँ पन्छाएर सवारी सञ्चालन गर्ने तयारी भइरहेको छ। हिमपातका कारण ओखलढुंगाबाट माथिल्लो क्षेत्र हुँदै खिजीदेम्वा जाने कच्ची सडक पनि अवरुद्ध भएको छ। यो सडकको अधिकांश भूभाग सोलुमा पर्छ।  ओखलढुंगाको भूभागमा यातायत संचालन भएपनि सोलु खण्डमा भने अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शरण दाहालले बताए। दाहालका अनुसार सोलुखण्डमा भने भारी हिमपात भइरहेको छ।  हिमपातसँगै पानी परेपछि किसान खुसी भएका छन्। गहुँ र आलु खेती गरेका किसान सिंचाइको अभाव खेपिरहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्