हिसान स्पोर्टस मिट विराटनगरमा जारी, क्रिकेटतर्फ मेरिल्याण्ड र एभरेष्ट कलेज विजयी

<span class='c1'>हिसान स्पोर्टस मिट विराटनगरमा जारी, क्रिकेटतर्फ</span> <span class='c2'>मेरिल्याण्ड र एभरेष्ट कलेज विजयी</span>

विराटनगर, ९ माघ । 
८ औं हिसान स्पोर्टस मिटको क्रिकेटतर्फ मेरिल्याण्ड र एभरेष्ट तथा फुटबलतर्पm एभरेष्ट, सिटी, एभरेष्ट र मोर्डनएरा कलेज विजयी भएका छन् । हिसान मिटअन्तर्गत बुधबार भएको क्रिकेटको पहिलो खेलमा मेरिल्याण्ड कलेजले मोर्डनएरा कलेजलाई ८५ रनले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । टस जितेर मोर्डनएराले मेरिल्याण्डलाई पहिलो ब्याटिङ गर्ने अवसर दियो । मेरिल्याण्डले ब्याटिङ गर्दै निर्धारति ओभर पूरै खेल्दै ७ विकेटको क्षतिमा १६४ रन बनायो । जसमा साकिव हकले ५५, मुकेश कामले ३६ र आलोक अधिकारीले २३ रन बनाए । बलिङमा मोर्डनएराका अभिषेक राना मगरले ३, कौशल विश्वकर्मा र गौरव श्रेष्ठले १–१ विकेट लिए ।

१६५ रनको विजयी लक्ष्य पछ्याएको मोर्डनएराले १४ ओभर १ बलमा सबै विकेटको क्षतिमा ९७ रनमै समेटियो । जसमा अंकित श्रीवास्तवले २९ र विनोद साहले १६ रन बनाए । बलिङतर्फ सवाग्यराज पाण्डेले ४, सक्षम कार्की र कुश कामतले २–२ विकेट लिए । म्यान अफ द म्याच मेरिल्याण्डका साकिव हक भए ।
क्रिकेटको दोस्रो खेलमा पथरीको एभरेष्ट कलेजले विद्यभूमि बोर्डिङ स्कुललाई ९ विकेटले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । टस जितेर एभरेष्टले फिल्डिङ गरेको थियो । पहिलो ब्याटिङ थालेको विद्याभूमिले १८ ओभरमा सबै विकेटको क्षतिमा ८५ रन बनायो । जसमा सचिन दाहालले २७, नितेशकुमार साहले १२ र प्रतीक रायमाझीले १० रन बनाए । बलिङमा निकेश खत्रीले ४, विकेन थापा र आकाश खत्रीले २–२ विकेट लिए ।
८६ रनको विजय लक्ष्य पछ्याएको एभरेष्टले १२ ओभर ३ बलमा १ को क्षतिमा विजयी लक्ष्य पार गरेको थियो । जसमा पशुपति दाहालले ४० र आकाश खत्रीले २२ रन बनाए । बलिङमा इफारान सेखले १ विकेट लिए । म्यान अफ द म्याच मेरिल्याण्डका नितेश खत्री भए ।
त्यसैगरी फुटबलतर्पm पहिलो खेलमा सिटी कलेजले विद्याभूमि बोर्डिङ स्कुललाई ५–१ गोलमा पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । सिटीका म्यान अफ द म्याच आशिष चौधरीले २ तथा सविन कार्की, विमल राई र अरुण चौधरीले १–१ गोल गरे भने विद्याभूमिका विमल उप्रेती १ गोल गरे । दोस्रो खेल विराटनगरको एभरेष्ट कलेजले कोबास कलेजलाई ३–१ गोलमा पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश ग¥यो । एभेरष्टका म्यान अफ द म्याच अभिमतजंग कार्की, अभय कार्की र एल्सन राजभण्डारी १–१ गोल गरे भने कोबासका मनिष देवले १ गोल गरे ।
तेस्रो खेलमा पथरीका रेडस्टार कलेजले लर्डबुद्ध कलेजलाई १–० गोलमा पराजित गर्दै क्वाटर फाइलमा प्रवेश गरेको छ । म्यान अफ द म्याच रेडस्टारका दीपेश याख्खाले गोल गरे ।
चौथो खेलमा मोर्डनएराले टाइब्रेकरमा दिल्ली पब्लिक स्कुललाई ४–२ गोलमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । म्यान अफ द म्याच दिल्ली पब्लिकाका प्रताप चौधरीले भए । खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।
प्रतियोगिताअन्तर्गत बिहीबारको क्रिकेटको पहिलो खेल सिर्जना ज्ञान कुञ्ज र कोसी कलेज, दोस्रो खेल सेन्टजोसेफ मावि र लर्डबुद्ध कलेजबीच हुनेछ । फुुटबलको पहिलो खेल अरनिको कलेज र सेन्टजोसेफ मावि र दोस्रो कान्तिपुर कलेज र अर्किड कलेज, तेस्रो खेल मेरिल्याण्ड र कोशी बीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्