विराटनगरकाे शिक्षादीप कलेजले गर्याे खुल्ला कविता प्रतियोगिता सम्पन्न

विराटनगरकाे शिक्षादीप कलेजले गर्याे  खुल्ला कविता प्रतियोगिता सम्पन्न

विराटनगर, ९ माघ । विराटनगरस्थित शिक्षादीप कलेजको आयोजनामा  बुधवार खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूबीच भएको प्रतियोगितामा मनिषा नेपाल ‘आमा अनि उसकी सन्तान’ शीर्षकको कविता वाचन गरेर प्रथम भइन् । त्यस्तै ‘म र मेरो देश’ शीर्षकको कविता वाचन गरेर नारायण चौलागाईं द्वितीय, ‘आमा’ शीर्षकको कविता वाचन गरेर सबु थापा तृतीय र ‘म’ शीर्षकको कविता वाचन गर्दै आयुषा खतिवडाले सान्त्वना स्थान प्राप्त गरिन् ।

कवि गोकुल अधिकारी र मीनकुमार नवोदितको निर्णायक समितिले विजेताको नामावली घोषणा गरेको थियो । विद्यार्थीलाई अध्ययनसँगै सिर्जनात्मक क्रियाकलापमा सहभागी गराउने उद्देश्यले कविता प्रतियोगिता आयोजना गरिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । कलेजले चेस, हाजिरीजवाफ, वक्तृत्वकलालगायतका प्रतियोगिता आयोजना गरेको छ । एक हप्तासम्म विभिन्न प्रतियोगिता आयोजना हुने प्रिन्सिपल खड्काले बताए । कवितासहितका प्रतियोगिताका सबै विजेता विद्यार्थीहरूलाई विशेष समारोहमा पुरस्कृत गरिने कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्