प्रदेश भित्रका सबै अस्पतालहरु सम्बन्धित प्रदेश सरकारलाई नै हस्तान्तरण

प्रदेश भित्रका सबै अस्पतालहरु सम्बन्धित प्रदेश सरकारलाई नै हस्तान्तरण

काठमाडौं, ९ माघ ।
सरकारले प्रदेशभित्रका सबै अस्पतालहरु सम्बन्धित प्रदेश सरकारलाई नै हस्तान्तरण गरेको छ । काठमाडौंमा  उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रदेश भित्रका सबै अस्पतालहरु औंपचारिक रुपमै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा शभित्रका अस्पतालहरु प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताए । उनले प्रदेशहरुले आपूm मातहत आएको अस्पतालहरुको गुणस्तरमा सुधार गरेर देखाउने विश्वास पनि व्यक्त गरे ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले केन्द्र सरकारले हस्तान्तरण गरेको अस्पतालहरुलाई गुणस्तरीय बनाउन आवश्यक बजेटसहितका अन्य सहयोग उपलब्ध गराउन पनि संघीय सरकारको ध्यानाकर्षण गराए । प्रदेशभित्रका अस्पतालहरुमा कार्यरत चिकित्सकहरुको सरुवा गर्दा प्रदेश सरकारसँग अनिवार्य अनुमति लिने कानुनी व्यवस्था गर्न पनि संघीय सरकारसँग माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्