विराटनगरमा १५ देखि ६० प्रतिशत छुट सहित विराट जुत्ता मेला सुरु, मन्त्रीले गरे उद्घाटन

<span class='c1'>विराटनगरमा १५ देखि ६० प्रतिशत छुट सहित</span> <span class='c2'>विराट जुत्ता मेला सुरु, मन्त्रीले गरे उद्घाटन</span>

विराटनगर, ९ माघ ।
विराटनगरमा १५ देखि ६० प्रतिशत छुट सहित विराट जुत्ता मेला सुरु भएको छ । जुत्ता मेलामा नेपालका १० वटा स्वदेशी उद्योगका २४ वटा स्टल रहेको आयोजकले जनाएको छ । मेलाको उद्घाटन समारोहमा बोल्दै १ नम्बर प्रदेशमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले नेपालमा रबर खेती गरेर जुत्ता चप्पल निर्माणका लागि चाहिने कच्चा पदार्थ उत्पादनमा प्रदेश सरकारले सहयोग गर्ने बताए । यस्तै छाला उत्पादनका लागि भैंसी पालन व्यवसायमा नीजि क्षेत्र र सरकारबीच सहकार्य गर्नुपर्नेमा  जाेड दिए । रबर उत्पादनका लागि नेपालमा पर्याप्त जमिन भएको बताउँदै त्यसका लागि प्रदेश सरकारले के कस्तो सहयोग गर्नुपर्ने हो आवश्यक सुझावको रुपमा राख्न व्यवसायीलाई आग्रह गरे ।

समारोहमा बोल्दै जुत्ता व्यवसायी भीमलाल पौडेलले विदेशी जुत्ता चप्पल भन्दा स्वदेशी जुत्ता चप्पल टिकाउ र सस्तो रहेको बताए । नेपालमा उत्पादित उस्तै प्रकृतिका डिजाइनका विदेशी जुत्ता अत्यन्त महँगो हुने र टिक्न पनि नसक्ने उनको भनाइ थियो । नेपालका जुत्ता चप्पल उद्योगले व्यापार घाटा कम गर्न र स्वदेशमै निर्भर रहने भूमिका खेलेको बताए ।
स्वदेशी वस्तुको प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराका साथ सुरु भएको विराट फुटवेयर एक्स्पोमा छाला जुत्ता, स्पोर्टस जुत्ता, स्कुल, कलेज, पार्टी सुज, चप्पल, लेडिज चप्प्ल, हवाई च्प्पल लगायतका वस्तु विक्रीका राखिएको छ । उत्पादक कम्पनीहरुले १५ देखि ६० प्रतिशतसम्म उपभोक्तालाई छुट दिइने छ ।
एक्स्पोमा २ लाखले अवलोकन गर्ने र २ करोडको कारोबार हुने आयोजकको अपेक्षा छ । नेपालका उद्योगको वार्षिक खपत ७ करोड जोर रहेको छ भने ४ करोड जोर उत्पादन क्षमता रहेको छ । नेपालका जुत्ता चप्पल उद्योगले वार्षिक ३२ अर्बको कारोबार गरेको छ भने उद्योगमा करिब १७ अर्ब लगानी रहेको बताइएको छ । एक्स्पोमा बेस फुटवेयर, रोयल फुटवेयर, रन सुज, लालिगुराँस फुटवेयर, जय श्री पीयु टेक, सुरभी पोलिमर, बन्जाडे पवित्रा सु, कोसेली छाला जुत्ता उद्योग प्रालिले सहभागीता जनाउने छन् ।
ती कम्पनीले उत्पादन गरेको डियर हिल सुज, रोयल सुज, रन सुज, क्रस रोड सुज, म्याजिक, हाइलाइफ, सु ल्याण्ड, कोसेली सुज प्रदर्शनीमा राख्ने बताइएको छ । मेला विराटनगर ७ मा रहेकाे हाेटल शाेभा ईनकाे प्राङ्गणमा सञ्चालित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्