दुहबीमा महिला स्वास्थ्य स्वयम् सेविकालाई नगरपालिकाले बाड्याे साईकल

दुहबीमा महिला स्वास्थ्य स्वयम् सेविकालाई नगरपालिकाले बाड्याे साईकल

दुहबी, १० माघ । सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ८ का स्वास्थ्य स्वयम् सेविकालाई साईकल बितरण गरिएको छ । सोनापुर स्वास्थ्यचौकीमा बुधबार एक एक कार्यक्रमको आयोजना गरी वडाका ७ जना स्वास्थ्य स्वयम् सेविकालाई प्रोत्साहान स्वरुप साईकल बितरण गरिएको हो ।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सुनिता दाहाल (साह)ले आगामी कार्यपालिकाको बैठकबाट १२ वट्टै वडाका महिला स्वयम् सेविकालाई प्रोत्साहन गरिने बताईन् । उनले काम गर्न सरल होस् भन्ने उदेश्यले प्रोत्साहन स्वरुप साईकल बितरण गर्न सम्पुर्ण वडा अध्यक्षलाई बैठकमा आग्रहगर्ने बताईन् । उनले थप सेवासुबिधाहरु उपलब्ध गराउने समेत प्रतिबद्घता ब्यक्त गरिन् ।

वडा अध्यक्ष तारिकचन्द सरदारको अध्यक्षतामा भएका कार्यक्रमका दुहवी नगर स्वास्थ्य प्रमुख उचितनारायण शाह, वडा नम्बर ९ का कार्यबाहक वडा अध्यक्ष सतिश कु. चौधरी, वडा नम्बर ८ का वडा सदस्य बिनय दाहाल लगायत संघ सस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवाहरु, राजनितिक दलका प्रतिनिधि , स्वास्थ्यकर्मी , सञ्चारकर्मी लगायतको उपस्थिती रहेको सोनापु स्वास्थ्यचौकीका ईन्चार्ज जीवन खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्