विराटनगरको महेन्द्र मोरङ क्याम्पसको ताला खुल्यो

विराटनगरको महेन्द्र मोरङ क्याम्पसको ताला खुल्यो

विराटनगर, १० माघ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्यामपसको आर्थिक एवं प्रशासन शाखामा विद्यार्थीहरुले लगाएको ताला खोलिएको छ ।

क्याम्पस प्रमुख बाबुराम तिमल्सिना र अनेरास्ववियु, समाजवादी विद्यार्थी संघ र राष्ट्रिय विद्यार्थी संघका प्रतिनिधिविच भएको छलफलपछि ताल खुलाईएको हो । गत पुष २ गतेदेखि क्याम्पसमा विद्यार्थीहरुले आफना १० बुँदै मागलाई सम्बोधन नगरको भन्दै क्याम्पसमा ताला लगाएका थिए ।

विद्यार्थीहरुका लागि शैक्षिक भ्रमण र पठनपाठन नियमित गर्ने लगायतका मागमा प्रतिबद्धता जनाएपछि ताला खोल्ने सहमति भएको क्याम्पस प्रमुख तिमल्सिनाले बताए ।

ताला खोलिएपछि अब प्रशासनिक लगायतका कामहरु आजदेखि नै सुचारु हुने क्याम्पस प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्