साहित्यलाई अध्यात्मसँग जोड्न विराटनगरमा सिर्जना वाचन

साहित्यलाई अध्यात्मसँग जोड्न विराटनगरमा सिर्जना वाचन

विराटनगर, १० माघ ।

अध्यात्मसँग साहित्य संवाद एवं सिर्जना वाचन कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । साहित्यलाई अध्यात्मसँग जोड्ने उद्देश्यले सिर्जना वाचन गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा अध्यात्मसम्बन्धी सिर्जना वाचन गरिएको थियो । कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, प्राज्ञ दिवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, कवि गोकुल अधिकारी, राजेन्द्र गुरागाई, राधिका गुरागाईलगायतले कविता वाचन गरेका थिए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर गोपाल भण्डारी, प्राज्ञ लक्ष्मी उप्रेती, सनातन धर्म सेवा समिति विराटनगरका अध्यक्ष शिवदत्त भट्टराई, विष्णु मञ्जरी बराल, लीलानाथ बराललगायतले अध्यात्मसँग सम्बन्धित सिर्जना गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्