बिराटनगरमा “वर्ड विन्ङस् स्टुडेन्ट एम्बासीडर” हुदै

बिराटनगरमा “वर्ड विन्ङस् स्टुडेन्ट एम्बासीडर” हुदै

बिराटनगर माघ १० ,

ओबी मिडिया प्रालिको आयोजनामा सुरु गरिएको "वर्ड विन्ङस्" को २ वटा सिजन सकिन लागेको छ  । पहिलो सिजनमा नेपाल र भारतमा उक्त कार्यक्रम निकै लोकप्रिय भएको थियो । स्लाम कविता,स्पीच, लगायतका विधामा बनाइएको उक्त कार्यक्रमले अहिले युवाहरुमा निकै चर्चा कमाएको छ ।

कार्यक्रमको छोटो समयमा नै उक्त कार्यक्रमको मेगा जजुको “मर्दको भी दर्द होता हे ” भिडियो युटुब र फेसबुकमा भाइरल भएको थियो।

सिजन २ सम्म आइपुग्दा युवाहरुलाई "वर्ड विन्ङस्" ले मौका दिदै आएको छ ।

नेक्सट टर्म एजुकेशन बिराटनगरको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रममा बिराटनगरका बिभिन्न कलेजका बिद्यार्थीलाई छनोट गरि "वर्ड विन्ङस् स्टुडेन्ट एम्बासीडर" को   चयन गरि बिभिन्न कार्यक्रममा समावेश गराउने उदेश्य रहेको "वर्ड विन्ङस्" का सस्थापक सन्दिप राउतले जानकारी दिए ।

"वर्ड विन्ङस् स्टुडेन्ट एम्बासीडर" बन्ने बिद्यार्थीहरुलाई बिभिन्न तालिम , गोष्ठी तथा कार्यक्रममा समावेश गराउने राउतले बताए । बिद्यार्थीहरुलाई पब्लिक स्पिकिंङ तथा साहित्यमा रुची जगाउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।

"वर्ड विन्ङस् स्टुडेन्ट एम्बासीडर" बन्न बिद्यार्थीहरुले आबेदन फारम भर्नुपर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्