प्रदेश १ का मन्त्रालय सुनसान, प्रदेशका अधिकांश मन्त्रालयमा मन्त्री भेट्न मुस्किल

प्रदेश १ का मन्त्रालय सुनसान, प्रदेशका अधिकांश मन्त्रालयमा मन्त्री भेट्न मुस्किल

विराटनगर, १० माघ । सोमबार २ बजे प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुनसान थियो । कार्यालय अगाडिको पार्किङस्थल खाली थियो । प्रदेशका प्रमुख सचिवसहित अधिकांश विभागीय सचिवका कोठा पनि खाली थिए । ‘मुख्यमन्त्री नभएपछि प्रमुख सचिवको काम हुँदैन,’ सचिव बलदेवप्रसाद जोशीले भने, ‘प्रमुख सचिव नभएपछि धेरै सचिवको काम हुँदैन ।’ मुख्यमन्त्री कार्यालयमा कर्मचारीको संख्या पनि कम थियो । मुख्यमन्त्री आइतबार इलाम कार्यक्रम उद्घाटनका लागि गएका थिए । सोमबार अबेरसम्म मुख्यमन्त्री शेरधन राई मन्त्रालय पुगेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्