विराटनगरमा आज यी ठाउँमा लाईन काटिन्छ, कारण यस्ताे छ

विराटनगरमा आज यी ठाउँमा लाईन काटिन्छ, कारण यस्ताे छ

विराटनगर,१० माघ ।

नेपाल विद्युत प्राधिकरणले विराटनगर वितरण केन्द्र अन्तरगतका धेरै  फिडरका विद्युत लाइन अबरुद्द हुँदै छन् । विराटनगर महानगरपालिकाको आग्रहमा सडकका पोल स्थानान्तरण गर्न ११ केभी दुहबी औद्योगिक प्रसारण वितरण लाइनको सेवा अवरुद्ध भएकाे हो ।  ११ केभी विराटनगर–दुहबी प्रसारण लाईन पनि अबरुद्ध हुने बिद्युत प्राधिकरणले जनाएको छ । त्यस्तै टंकी–हातिमुडा मल्टीफु्युल र भृकुटी चोकबाट टंकी ११ केभी प्रसारण लाईन पनि अबरुद्ध हुने बिराटनगर बितरण केन्द्रका प्रमुख राजिबकुमार सिंहले बताए ।

महानगरको विरतरण लाइन व्यवस्थापन गर्न विहान ९ बजेदेखि लाईन अबरुद्ध हुन लागेको सिंहले बताए । बिजुलीका पोलहरु सार्ने काम तिब्र भएकोले त्यसैलाई मध्यनगर गर्दै प्राधिकरणले धेरै ठाउँको लाईन अबरुद्ध हुने जनाएको हो । उनका अनुसार अवरुद्ध लाइन अपरान्ह ४ बजेबाट सुचारु हुनेछ । विस्तारित सडकका पोल स्थानान्तरण गर्न आज ७ घन्टा लाइन काटिनेछ ।

दुहबी ग्रिडको विराटनगर १ र ३ तथा हात्तिमुडाको टंकी–२ लाइन अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ । विराटनगर क्षेत्रको सडकका पोल स्थानान्तरण गर्न प्राधिकरणले नियमित सूचना जारी गरेर लाइन काट्दै आएको छ ।  ६ लेन सडक   विस्तार र विराटनगर महानगरपालिका भित्रका धेरै ठाउँमा काम भईरहेकाेले छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्