बेलवारी नगरपालिकाको शिक्षा कार्यबिधि अपाङ्गमैत्री नभएको आरोप

बेलवारी नगरपालिकाको शिक्षा कार्यबिधि अपाङ्गमैत्री नभएको आरोप

विराटनगर, १० माघ ।
स्थानीय पालिकाले पारित गरेको शिक्षा कार्यविधि र शिक्षा ऐन अपाङ्गमैत्री नभएको बेलबारीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले आरोप लगाएका छन् ।
मोरङ नेत्रहीन संघको १९ औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रियामा बोल्ने वक्ताहरुले शिक्षा कार्यविधि र शिक्षा ऐन अपांगमैत्री नभएको टिप्पणी गरे ।

नेत्रहीन युवा संघको आयोजनामा भएको अन्तरक्रियामा मोरङका १७ वटै स्थानीयपालिकाका शिक्षा विभाग प्रमुख र विद्यालय निरिक्षकहरुको सहभागिता थियो । अन्तरक्रियामा नेत्रहीन युवा संघका अध्यक्ष कलाधर भण्डारी, मोरङ नेत्रहिनकी अध्यक्ष सावित्रा कोइरालालगायतले कार्यविधि र ऐनले अपांगता भएका व्यक्तिलाई बेवास्ता गरेको आरोप लगाए । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, शिक्षा विकास तथा समन्वय ईकाई मोरङका प्रमुख राजेन्द्र बुढाथोकी, मिक्लाजुङ गाउँपालिकाका शिक्षा विभाग प्रमुख काशिनाथ खनाललगायतले शैक्षिक कार्यविधिलाई सुधार गर्दै समयानुकूल बनाउने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्