उदयपुर र मोरङबाट लागूऔषध सहित ७ पक्राउ

उदयपुर र मोरङबाट लागूऔषध सहित ७ पक्राउ

विराटनगर,  १०माघ। उदयपुर र मोरङ जिल्लाबाट प्रहरीले लागूऔषध सहित ७ जनालाई पक्राउ गरेको छ ।  उदयपुरको चौदण्डीगढी नगरपालिका- ३ काली खोला किनारबाट लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको हाे । लागूऔषध सहित उदयपुर बेलाका नगरपालिका-४ गुरुङचौरी बस्ने बर्ष ३३ को राजु कार्की, बर्ष ३२ को राजु राई, बर्ष ३३ को अर्जुन राई, बर्ष २५ को नबिन राई, चौडण्डीगढी नगरपालिका-३ बसाहा बस्ने बर्ष ३० को मीन बहादुर मगर र सप्तरी सप्तकोशी नगरपालिका-१ बस्ने बर्ष ३६ को मनोज मगरलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले खोलाको किनारमा शंकास्पद अवस्थामा बसिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा लागूऔषध लुपिजेसिक-८ एम्पुल, फेनारगन-८ एम्पुल र डाईजोल्याब-८ एम्पुल फेला पारेको थियो । पक्राउ परेका उनीहरुउपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यता मोरङको मोरङको विराटनगर महानगरपालिका-१५ बाट प्रहरीले लागूऔषध लुपिजेसिक-९ एम्पुल, फेनारगन-९ एम्पुल, एभिल-९ एम्पुल, डाईजेल्याव-९ एम्पुल र १० चक्की नाईट्रोसन ट्याबलेट सहित १ जनालाई पक्राउ गरेको छ । सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित ईटहरी उप-महानगरपालिका-८ बस्ने   बर्ष १८ को पप्पु मेहतालाई पक्राउ गरेको हो । पक्राउ परेका मेहतालाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्