पुनर्स्थापना केन्द्रमा सारीरिक यातनापछि एककाे मृत्यु, सञ्चालक छिरिङ र सुनील पक्राउ

पुनर्स्थापना केन्द्रमा सारीरिक यातनापछि  एककाे मृत्यु, सञ्चालक छिरिङ  र   सुनील पक्राउ

ललितपुर, १० माघ । ललितपुरको महालक्ष्मी–४ स्थित एक पुनर्स्थापना केन्द्रमा शारीरिक यातनाका कारण सेवाग्राहीको मृत्यु भएको पाइएपछि प्रहरीले सञ्चालकसहित दुईजनालाई पक्राउ गरेको छ । सोलुका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्पा र झापा विर्तामोड–४ का ४८ वर्षीय सुनील खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

शेर्पा पुनर्स्थापना केन्द्रका अध्यक्ष र खड्का म्यानेजर हुन् । उनीहरूले केही वर्षदेखि ललितपुर महालक्ष्मीस्थान–४ स्थित सेतीपाखामा वी केयर लागुऔषध पुनर्स्थापना तथा सुधार केन्द्र सञ्चालन गर्दै आएका थिए । प्रहरीका अनुसार सुधार केन्द्रमा दोलखा वैतेश्वर–६ नाम्दुका ४३ वर्षीय सीताराम घिमिरेको मृत्यु भएको हो । लागुऔषध सेवनबाट छुटाउन उनलाई परिवारका सदस्यले ३ माघमा पुनस्र्थापना केन्द्रमा भर्ना गरेका थिए । घिमिरेको गत माघ ६ गते मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी गौतम मिश्रले घिमिरेको मृत्यु शंकास्पद देखिएको बताए । ‘घिमिरेको मृत्यु शंकास्पद देखिन्छ । शरीरमा नीलडाम पनि रहेको पाइयो । पोस्टमार्टम रिपोर्ट भने आइसकेको छैन । अनुसन्धानका लागि दुईजना पक्राउ गरेको छौँ । केही दिनमै तथ्यबाहिर आउला,’ डिएसपी मिश्रले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्