विराटनगरमा बिद्यार्थी बोकेको म्याजिक भ्यान दुर्घटनामा, श्रीराम स्कुलका ६ बिद्यार्थी घाइते

विराटनगरमा बिद्यार्थी बोकेको म्याजिक भ्यान दुर्घटनामा, श्रीराम स्कुलका ६ बिद्यार्थी घाइते

विराटनगर, १० माघ ।

विराटनगरको मिल्स एरियामा आज बिहान स्कुल भ्यान दुर्घटना भएको छ । विराटनगर १५ मा रहेको श्रीराम स्कुलको म्याजिक भ्यान बिद्यार्थी लिएर बिद्यालय आउने क्रममा दुर्घटनामा परेको हो । को १ च ७०३४ नम्बरको म्याजिक भ्यान बिहान साढे ९ बजे विराटनगर महानगरपालिकाले बनाउँदै गरेको सडकमा थुपारिएको माटोको ढिस्कोमा ठोक्कीँदा पल्टिएको बिद्यालयका प्रिन्सीपल मनोकुमार साहले जानकारी दिए ।

दुर्घटनामा ६ जना बिद्यार्थी घाईते भएका छन् । ४ जनाको अबस्था सामान्य भएपनि अन्य २ जनाको टाउकोमा गम्भीर चोट लागेको बिद्यालयले जनाएको छ ।

घाईते हुनेमा कुनल साह, आयुष यादव, मजहर अग्रहरी, कृष्ण राजबशी,विपल रनपाल रहेका छन् ।  उनीहरु कोशी अञ्चल अस्पतालको आकस्मीक कक्षमा उपचार भईरहेको प्रहीले जनाएको छ । दुर्घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्