सानेपामा नेविसंघको विद्रोह, कार्यालय परिसरभित्रै घेराबन्दीमा देउवा !

सानेपामा नेविसंघको विद्रोह, कार्यालय परिसरभित्रै घेराबन्दीमा देउवा !

काठमाडौं, १० माघ । तत्काल महाधिवेशन घोषणा गर्न माग गर्दै नेपाल विद्यार्थी संघका असन्तुष्ट कार्यकर्ताले कांग्रेस सभापति शेरबहादुर देउवालाई कार्यालय परिसरमै घेराबन्दी गरेका छन् ।

असन्तुष्ट समूहका नेता दीपक भट्टराईको नेतृत्वमा मोटर साइकल र्‍यालीसहित सानेपा पुगेका नेविसंघ कार्यकताले केन्द्रीय समिति बैठकका लागि सानेपा पुगेका सभापति देउवालाई घेराबन्दी गरेका हुन् । नेविसंघका कार्यकर्ताको घेराउका कारण देउवालाई कार्यालय प्रवेश गर्न मुस्किल परेको थियो । केन्द्रीय समितिको बैठक शुरू हुन लाग्दा नेविसंघका असन्तुष्ट कार्यकर्ताले वर्तमान कार्यसमितिको कार्यकाल थप्न नहुने भन्दै नाराबाजी समेत गरेका छन् ।

वर्तमान नेतृत्वले नेविसंघको महाधिवेशन गर्न नसक्ने भएकोले तदर्थ समिति गठन गर्न उनीहरूको माग छ । ‘असक्षम कार्यसमितिको म्याद लम्ब्याउने प्रपञ्च भएकोले खबरदारीस्वरूप पार्टी कार्यालयमा आएका हौं,’ भट्टराईले भने । नेविसंघ कार्यकर्ताको प्रदर्शनका कारण कांग्रेस कार्यालयमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । नैनसिंह महर नेतृत्वको नेविसंघ केन्द्रीय कार्यसमितिको कार्यकाल सकिएपछि आजसम्मको म्याद थपिएको थियो । लाेकान्तर अनलाईन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्