‘विराट फूटवेयर एक्स्पो ’ मेलामा पहिलो दिन भन्दा दोस्रो दिन उल्लेखनिय ग्राहकको भिड ( फोटो फिचर सहित )

‘विराट फूटवेयर एक्स्पो ’ मेलामा पहिलो दिन भन्दा दोस्रो दिन उल्लेखनिय ग्राहकको भिड ( फोटो फिचर सहित )

प्रेम देवान
विराटनगर १० माघ । ‘स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ बुधबारदेखि विराटनगरमा सुरु भएको ‘विराट फूटवेयर एक्स्पो’ मा पहिलो दिन भन्दा दोस्रो दिन उपभोक्ताको भिड लागेको छ ।
बालाजी मिडिया हाउसको आयोजना तथा नेपाली जुत्ताघरको संयोजनमा विराटनगर–७ सात घुम्ती स्थित खाली जग्गामा बुधबारदेखि आगामी माघ ३० गतेसम्म सञ्चालन हुनेमा मेलामा विराटनगरबाहिरका उपभोक्ताहरुको पनि उल्लेखनिय सहभागिता रहेको छ ।
मेलामा पहिलो दिन भन्दा दोस्रो दिन जुत्ताचप्पल खरिद गर्नेहरुको भिड रहेको विराट फुटवेयर एक्स्पोको मेला सयोजक होमनाथ उपाध्ययले जानकारी दिनुभयो । मेलामा छाला जुत्ता, स्पोर्टस जुत्ता, स्कुल, कलेज, पार्टी सुज, चप्पल, लेडिज चप्प्ल, हवाई च्प्पल लगायतका वस्तु विक्रीका राखिएको छ । उत्पादक कम्पनीहरुले १५ देखि ६० प्रतिशतसम्म उपभोक्तालाई छुट दिएको मेला ग्राहकहरुको उल्लेखनिय सहभागिता रहेको संयोजक उपाध्ययले बताउनुभयो ।
एक्स्पोमा २ लाखले अवलोकन गर्ने र २ करोडको कारोबार हुने आयोजकको अपेक्षा छ । मेलामा वि.एफ डियर हिल सुज, रोयल सुज, रन सुज, क्रस रोड सुज, म्याजिक, हाइलाइफ, सु ल्याण्ड, कोसेली सुज प्रदर्शनीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्