विराटनगरको एभरेष्ट स्कुलले मनायो आफ्नो रजत जयन्ती ८० जना विद्यार्थीबाट थालेको स्कुलले महाविद्यालय बनाउने लक्ष्य

विराटनगरको एभरेष्ट स्कुलले मनायो आफ्नो रजत जयन्ती ८० जना विद्यार्थीबाट थालेको स्कुलले महाविद्यालय बनाउने लक्ष्य

विराटनगर १० माघ । विराटनगर ५ मा रहेका एभरेष्ट बोर्डिङ स्कुलले आफ्नो रजत जयन्ती तथा २५ औं अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ शुरु गरि मनाएको छ ।
दुईदिनसम्म चल्ने कार्यक्रमको पहिलो दिन प्राथमिक तहका बालबालिकाले विभिन्न साँस्कृतिक महत्व झल्कने सांगितिक कार्यक्रम सहित आ–आफ्ना प्रतिभा प्रस्तुति देखाएर मनाएका छन् ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले गुणस्तरीय शिक्षा प्रदान गर्दै निजी विद्यालयले राज्यका लागि ठुलो सहयोग गरेको बताउनुभयो । उहाँले पछिल्ला समयमा आइरहेका निजी विद्यालयको विस्थापनको विषयतर्फ संकेत गर्दै त्यसो हुन नसक्ने बताउनुभयो ।
उहाँले निजी क्षेत्रलाई निरुत्साहित पार्नु भन्दा सरकारी तथा सामुदायिक विद्यालयहरुको गुणस्तर बृद्धिमा ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभयो । विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले २५ वर्ष अघि ८० जना विद्यार्थीबाट शुरु भएको विद्यालयले प्राप्त गरेको सफलताको श्रेय अभिभावकलाई दिनुभयो । रजतजयन्ती मनाइरहँदा उहाँले बितेका संघर्षलाई स्मरण गर्दा उपस्थित अतिथि र अभिभावक भावुक भएका थिए ।
उनले शुरुका दिनमा जति संघर्ष गरेपनि एकपछि अर्को सफलताप्राप्त गर्दै जाँदा थप जिम्मेवार बन्न प्रेरित गरेको समेत बताउनुभयो ।
बालबालिकाले विभिन्न तहमा देश तथा प्रदेश उत्कृष्ट बन्दै देखाएको मेहनत, शिक्षक, कर्मचारीको मेहनत र अभिभावकको अटुट माया र विश्वासप्रति आफू प्रफुल्ल रहेको बताएका प्रिन्सिपल पुरीले यसलाई कायम राख्न निरन्तर लागिपर्ने बताउनुभयो ।
विद्यालयका अध्यक्ष विनोद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षासेवीहरु केशवसिंह सुवाल, अभिभावक संघ प्रदेश अध्यक्ष देवीपन्थी लगायतकाले एभरेष्टको उत्कृष्टताको प्रंशसा गर्दै यसलाई कायम राख्न शुभकामना दिनुभयो । भोली शुक्रबार पनि प्रदेश १ का सभामुख प्रदिप भण्डारीको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रमहरु हुने विद्यालयका प्रिन्सीपल टिकाराम पुरीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्