हिसान स्पोर्टस्मिट: छात्रा भलिबलमा पथरीको एभरेष्ट, मोर्डनएरा, कान्तिपुर र लर्डबुद्ध कलेज विजयी

हिसान स्पोर्टस्मिट: छात्रा भलिबलमा पथरीको एभरेष्ट, मोर्डनएरा, कान्तिपुर र लर्डबुद्ध कलेज विजयी

विराटनगर,१० माघ ।
विराटनगरमा जारी आठौँ हिसान स्पोर्टस मिटको क्रिकेटतर्फ कोशी र लर्डबुद्ध तथा फुटबलतर्पm अर्किड, सेन्टजोसेफ, ग्रिनल्याण्ड र कोशी, छात्रा भलिबलमा पथरीको एभरेष्ट, मोर्डनएरा, कान्तिपुर र लर्डबुद्ध कलेज विजयी भएका छन् ।
हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहिबार भएको क्रिकेटको पहिलो खेलमा कोशी कलेजले सिर्जनाज्ञान कुञ्ज स्कुललाई ६१ रनले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

टस जितेर सिर्जनाले कोशीलाई पहिलो ब्याटिङको मौका दिएको थियो । कोशीले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ को क्षतिमा १३३ रन बनाएको थियो । जसमा अमित मण्डलले ३८, कालिचरण यादवले २८, सिद्धान्त साहले १९ र पियुष श्रेष्ठले १० रन बनाए । बलिङमा विकेश खड्काले २, प्रल्हाद चौधरी, सुरज भगत र विजयकुमार चौधरीले १–१ विकेट लिए
१३४ रनको विजयी लक्ष्य पाएको सिर्जनाले १६ ओभर ५ बलमा सबै विकेटको क्षतिमा ७३ रनमै समेटियो । जसमा प्रल्हाद यादवले २४ रन बनाए । बलिङमा सुभाष यादवले ४, कालीचरण यादव २ तथा अमित यादव र रितिक देवकोटले १–१ विकेट लिए । म्यान अफ द म्याच कोसीका सुभाष यदाव भए । दोस्रो खेलमा लर्डबुद्ध कलेजले वाक ओभरका आधारमा विजयी भयो । सेन्टजोसेफ स्कुल खेल्न नआएपछि लर्डबुद्ध विजयी भएको हो ।
त्यसैगरी छात्रा भलिबलतर्पm पथरीको एभरेष्ट कलेजले पथरीकै बाल्मिकी कलेजलाई २६–२४ र २५–१७ को स्कोरमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा मोर्डनएरा स्कुलले ग्रिनल्याण्ड कलेजलाई २५–१३ र २५–११ को स्कोरमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । तेस्रो खेलमा कान्तिपुर कलेज विजयी भयो । सिटी कलेज खेल्न नआएपछि कोशीले वाक ओभरका आधारमा विजयी भएको हो । चौथो खेल लर्डबुद्ध कलेजले मेरिल्याण्ड कलेजलाई २५–१३, १६–२५ र २५–१२ को स्कोरमा विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै फुटबलको पहिलो खेलमा अर्किड कलेजले कान्तिपुर कलेजलाई १–० गोलमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अर्किडका म्यान अफ द म्याच यम मगरले १ गोल गरेका थिए । दोस्रो खेलमा सेन्टजोसेफ स्कुलले अरनिको कलेजलाई २–० गोल पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सेन्टजोसेफका म्यान अफ द म्याच नवीन कामतले २ गोल गरे ।

तेस्रो खेलमा कोसी कलेजले मेरिल्याण्ड कलेजलाई टाइब्रेकरमा ३–२ गोलमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । खेलको म्यान अफ द म्याच कोसीका गोलरक्षक नितेशकुमार कामत भए । चौथो खेलमा ग्रिनल्याण्ड कलेजले बुद्ध अंग्रेजी बोर्डिङ स्कुललाई ५–० को फराकिलो गोल अन्तरमा पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको छ ।
प्रतियोगिताअन्तर्गत शुक्रबारको क्रिकेको पहिलो खेल एभरेष्ट र शिक्षादीप र दोस्रो खेल भानु र अरनिकोबीच हुनेछ । छात्रा भलिबलतर्पm रेडस्टार र एभरेष्ट, दोस्रो खेल अरनिको र मोर्डनएरा, तेस्रो खेल कान्तिपुर र कोसी तथा चौथो खेल लर्डबुद्ध र शिक्षादीपबीच हुनेछ । फुटबलको पहिलो खेल भानु र सेन्टजोसेफ, दोस्रो खेल मोर्डनएरा र एभरेष्ट तथा तेस्रो खेल रेडस्टार र सिटी कलेजबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्